धरानः  धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा भइरहेको प्रदेश १ स्तरीय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगितामा धरान मेघा हिमालयन, सियोन स्कुल र राष्ट्रिय जनसेवक इटहरी फाइनलमा प्रबेश गरेका छन । 

 प्रतियोगितामा धरान मेघा हिमालयनका महिला पुरुष दुबै टिम फाइनलमा प्रबेश गरेका हुन । पुरुषतर्फ मङ्गलबार भएको सेमिखेलमा राष्ट्रिय जनसेवक इटहरीले सिटी कलेज धरानलाइ ४२–३० र धरान मेघा हिमालयनले आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडलाइ ४५–२४ अंकको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रबेश गरेका हुन । 

 मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा राष्ट्रिय जनसेवक र सिटि कलेजले प्रत्येक क्वाटरमा  ५–६, ८–७, १४–८ र १५ ९ अंक जोडेका थिए । यसैगरी दोस्रो खेलमा धरान मेघा र आदर्श स्कुल बिर्तामोडले १३–४, ९–७, १८–४ र ५–९ अंक जोडेका थिए । खेलमा राष्ट्रिय जनसेवकका सन्दिप श्रेष्ठले १८ र धरान मेघाका सबिन राइले १३ ब्यक्तिगत अंक जोडेका छन । 

20230221_085731


             सुनसरी बास्केटबल संघको प्राबिधिक सहयोग तथा अल्फाविटा कोयोला एजुकेशन कन्सलटेन्सिको मुख्य प्रायोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा आयोजित  प्रतियोगिताका पुरुष तर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरि व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि महिला पुरुष विजेताले जनही नगद दुई हजार ५ सय र हाइस्कोररले जनही दुई हजार रुपैया, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । उदयीमान खेलाडिले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

धरान १६ धरान रंगशाला स्थित इन्डोर बास्केटबल कोर्टमा सम्पन्न भइरहेको प्रतियोगिताको फाइनल खेल अघि प्रकाश पौडेल महिला पुरुष थ्री–पोइन्ट कम्पिटिसन हुनेछ ।  कम्पिटिसनका विजेताले जनही नगद ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । थ्री पोइन्ट कम्पिटिसनका लागि धरान १५ निवासी नेपालका चर्चित गायक तथा पुर्व बास्केटवल खेलाडि प्रकाश पौडेलले प्रायोजन गरेका हुन ।

   प्रतियोगिताको फाइनल खेल धरान उपमहानगरपालिका प्रमुख मेयर हर्कराज साम्पाङको प्रमुख आतिथ्यमा बिहान ८ः३० बजे महिला तर्फको फाइनल खेल र १० बजे पुरुष तर्फको फाइनल खेल हुनेछ ।