इटहरीः रामधुनी नगर प्यावसनको आयोजनामा स्पोर्टस मिट अन्तर्गतको भलिवल प्रतियोगिता मंगलबारबाट रामधुनी ७ स्थित पञ्चायन विद्या मन्दिरको प्रागंढमा शुरु भएको छ । 

रामधुनी नगरक्षेत्रमा रहेका ३२ वटा प्यावसनमा संलग्न विद्यालयका बिच संचालन भएको खेलको उद्घाटन मंगलबार प्रमुख अतिथी रामधुनी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष केशव गौतमले खेल अफिसियललार्य वल हस्तान्तरण गर्दैै गरेका थिए । 

उद्घाटन खेलमा नमुना सामुदायिक विद्यालयको टिमलाई माउन्ट समिट वर्ल स्कुलले सोझो सेटमा जितेको थियो भने मंंगलबारै भएको अर्को खेलमा नवकिरण इग्लिस बोर्डिङ्ग स्कुलले पंचायन विद्या मन्दिरको टिममाथी जित हासिल गरेको छ भने मंगलबारै भएको अर्को खेलमा युनिक सगरमाथा बिजेता घोषित भएको छ । प्रतिस्पर्धी नआउँदा युनिक सगरमाथाले जित हासिल गरेको हो ।

328155400_1218140412241814_4197687814100877949_n

आइतबारबाट शुरु भएको प्यावसनको स्पोर्टस मिट अन्र्तरगतको खेलको फाइनल खेल फागुन १४ गते हुने भएको छ । स्पोर्टस मिट अन्तर्गतको फुटवल खेल रामधुनी ३ स्थित प्रिपाहा खेल मैदानमा सन्चालन भईरहेको छ । 

भलिबलको उद्घाटन खेलको औपचारिक सत्र नगर प्यावसनका अध्यक्ष अच्युत ढकालले सभापतित्वमा भएको थियो भने कार्यक्रमको बारेमा भलिवल खेलका संयोजक दिपेन्द्र विष्टले प्रकाश पारेका थिए ।

328272019_1197429884227980_8535035089500094817_n