इटहरीः रामधुनी प्यावसनको स्पोर्टस मिट अन्तर्गत रामधुनी ३ को पिप्राहा खेल मैदानमा भइरहेको भएको अण्डर १२ तथा अन्डर १५ फुटवल प्रतियोगितामा बिभिन्न टिम फाइनल तथा सेमी फाइनलमा प्रवेश गरेका छन् । 

शनिवार भएको पहिलो अण्डर १२ अन्तरर्गतका फुटवल प्रतियोगितामा पन्चायन विद्या मन्दिरको टिम फाइनलमा प्रवेश गरेको छ । 

रामधुनी ३ मा रहेको नाइटिंगल एकेडेमीसँगको प्रतिस्पर्धामा ० को विरुद्ध १ गोल गर्दै पन्चायन विद्या मन्दिर फाइनलमा प्रवेश गरेको हो भने उता रामधुनी ९ को इ विस्डम स्कुललाई पराजित गर्दै राइजिङ्ग स्टार इंग्लिस स्कुल पनि फाइनलमा प्रवेश गरेको छ । १२ बर्ष उमेर भन्दा कम उमेर समुहको खेलमा उपाधिका लागि राइजिङ्ग स्टार र पन्चायन विद्या मन्दिरले प्रतिस्पर्धा गर्ने भएका छन् । यसैगरी अण्डर १५ अर्थात पन्ध्र बर्ष भन्दा कम उमेर समुहमा भएको प्रतिस्पर्धामा पन्चायन विद्या मन्दिर फाइनल प्रवेश गरीसकेको छ भने नाइटिंगेल एकेडेमी र एलइएस स्कुल सेमि फाइनलमा प्रवेश गरेका छन् । 

333600131_887636129185101_2677777724695921798_n

एसइएस र नाइटिंगेल एकेडेमी बिच हुने आजको प्रतियोगितामा जित हासिल गर्नेले पन्चायन विद्या मन्दिरसँग फाइनल खेल्ने फुटवल प्रतियोगिताका संयोजक हरि रायमाझीले जानकारी दिए । 

स्पोर्टस मिट अन्तर्गतको १२ बर्ष भन्दा कम उमेरको फुटवलको फाइनल खेल आज आइतबार र १५ बर्ष मुनिको फाइनल खेल समापन कार्यक्रम अर्थात पन्ध्र गते आयोजना हुने रामधुनी नगर प्यावसनले जानकारी दिएको छ ।