इटहरीः आसन्न स्ववियु निर्वाचनको लागी इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसको नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारी अर्जुन पौडेलको नेतृत्वमा निर्वाचनमा जाने भएको छ । 

अनेरास्ववियु क्रान्तिकारीको जनता बहुमुखी क्याम्पस इकाई कमिटीको सोमबार बसेको बैठकले इकाई कमिटीका अध्यक्ष अर्जुन पौडेललाई नेतृत्वमा लिएर अघी बढ्नेगरी निर्णय गरेको हो । विद्यार्थी संगठनका सुनसरी जिल्ला अध्यक्ष नविन दाहालको प्रमुख आतिथ्यमा बसेको बैठकले निर्वाचनमा केन्द्रित रहेर बिभिन्न समिति समेत गठन गरेको छ । 

स्ववियु निर्वाचनका लागि प्रचार प्रसार समितीको संयोजकमा नारायण थापा रहेका छन् भने सह संयोजकमा सुमन पौडेल, भुपाल पराजुली र सागर दाहाल रहेका छन यसैगरी प्रचार प्रसार समितीको सदस्यहरुमा रविन खड्का, रोजिनका कट्वाल, सन्जु भुजेल, लालबहादुर सुवेदी र आकृति गुरुङ्ग चयन भएका छन् । 

334093473_917534269675352_7345123805917230756_n

संगठनले आर्थिक व्यवस्थापन समितिको संयोजकमा अर्जुन पौडेल र सह संयोजकमा राम कार्कीलाई चयन गरेको छ भने तथ्यांक संकलन तथा सुचना प्रविधि उपसमितीको संयोजकमा सुवास खत्री र सहसंयोजकमा मनोज थापालाई चयन गरिएको छ । यस्तै विद्यार्थी स्वयसेवक  उपसमितिको संयोजकमा दिपेस थापा र सह संयोजकमा प्रदिप कट्वाललाई चयन गरीएको छ भने घोषणा पत्र लेखन उपसमिती देवी ढकाल र सह संयोजकमा सिर्जन सुवेदी चयन भएका छन् । यता समन्वय उप समितीमा संयोजक सुस्मा दाहाल र सहसंयोजकमा लक्ष्मण दुलाल चयन भएका छन् । बैठकले प्लस टु बिभाग उप समितिको संयोजकमा मिलन अधिकारीलाई चयन गरेको छ । 

अनेरास्ववियु क्रान्तिकारी जनता बहुमुखी क्याम्पसले सोही क्याम्पसमा रहेको नयाँ शक्ति विद्यार्थी युनियनसँग एकता गरेको समेत घोषणा गरेका छन् ।