काठमाडौंः मनास्लु वल्र्ड स्कुल/कलेजले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई सोमबार मनास्लु खेलकुद सम्मान प्रदान गरेको  छ । मनास्लुले आफ्नो २५ औं स्थापना दिवसका अवसरमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाली क्रिकेटलाई माथि उठाउन महत्वपूर्ण योगदान पु¥याएवापत पारसलाई खेलकुद क्षेत्रबाट सम्मान गरेको हो ।

    सो अवसरमा वरिष्ठ संगितकार शम्भुजित बाँस्कोटा, सञ्चारकर्मी टिकाराम यात्री, शिक्षाकर्मी रितुराज सापकोटा र समाजसेवी रामजी अधिकारीलाई पनि सम्मान गरिएको । त्यसै अवसरमा मनास्लु वल्र्ड कजेजका एकेडेमिक हेड शशि केसीलाई मनास्लु विशेष सम्मान अवार्डबाट सम्मानित गरियो ।

  उनीहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, मनास्लुका चेयरम्यान गेन्द्र लामा, मनास्लुका प्रिन्सिपल राजन श्रेष्ठलगायतले दोसल्लाका साथै प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा मनास्लु कक्षा १२ अध्ययन गरिसकेका विद्यार्थीलाई बिदाइ गरिएको थियो भने कक्षा ११ भर्ना भएकालाई स्वागत गरिएको थियो ।