झापाः झापाको मेची बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि संगठन दर्ता गर्न गएका  विद्यार्थीको संगठन समय सकिएको भन्दै नगरिएपछि विद्यार्थीले तालाबन्दी गरेका छन । 

अनेरास्ववियू मेची बहुमुखी क्याम्पसका अध्यक्ष हरि प्रसाद भट्टराईले एक विज्ञप्ती जारी गर्दै आफुहरु फागुन १९ गते समयमै संगठन दर्ता गर्न गएता पनि जालझेल गर्दै समय सकिएको भनेर दर्ता नगरिएको बताएका छन् । 

नेपाली बिद्यार्थी आन्दोलनको नेता संगठन ,सडक आन्दोलनको अगुवा संगठन, सामाजिक रुपान्तरण र राजनीतिक सास्कृतिक, आर्थीक तथा शैक्षिक तथा परिवर्तनको नेतृत्वदायी संगठन आफ्नो स्थापनाकाल देखी नै बिद्यार्थी हक, हित र अधिकारको निम्ती साथै सामाजिक न्याय र समानताको पक्षमा आवाज बुलन्द गर्दै आईरहेको बताउँदै विज्ञप्तीमा निर्वाचन समितीले जालझेल पूर्ण तवरले आफ्नै मनोमानीमा टियूको निर्देशनलाई धज्जी उडाई स्वनिर्णय गरी समय अगाडीनै सकिएको भनी हाम्रो संगठन दर्ता नगरेकोमा घोर भर्सना गरिएको छ । 

334926985_156760850192914_6036390892324412928_n

आफ्नो संगठनलाई बाहिर राखेर निर्वाचन गराउने क्याम्पस प्रशासनको षडयन्त्र रहेको भन्दै यस्तो कार्य आफुहरुले  कुनैपनी हालतमा स्विकार गर्दैनौ  नगर्ने अनेरास्ववियूले जनाएको छ ।

संगठनले आफ्नो निर्वाचनकालागि  दर्ता गराई निर्वाचन प्रकृयामा अगाडी बढाउन क्याम्पस प्रशासन  र क्याम्पस निर्वाचन समिती समक्ष निवेदन २०७९।११।१९ गते दिएको र त्यसको चाँडो भन्दा चाडो छलफल गरी सो कार्य अगाडी बढाउन आग्रह गरिएको छ ।