धरानः सूर्य आई केयर सेन्टर धरानको प्राविधिक सहयोगमा शनिवार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । 

श्री कृष्णप्रणामी युवा परिषद्, धरान–६ को आयोजनामा एवम् श्री कृष्ण प्रणामी युवा समाजको सहयोगमा सम्पन्न उक्त शिविरमा १२८ जनाको आँखा परिक्षण गरिएको परिषद्का अध्यक्ष गौरव आचार्यले बताए । 

1 (2)

कृष्ण प्रणामी मन्दिर, पानवारी परिसरमा आयोजन गरिएको उक्त शिविरमा १३ जना बिरामीको आँखामा  मोतिविन्दु देखिएको सूर्य आई केयरका प्रबन्ध निर्देशक तथा आँखा रोग विशेषज्ञ डा. ईच्छा जोशी सोनीले बताईन् । 

. सोनीका अनुसार आँखामा रोगको उपचार गर्नु भन्दा पनि रोग लाग्न नदिन जनचेतना जगाउन आवश्यक रहेको बताएकी छिन् ।

उक्त शिविरमा निःशुल्क सुगर परिक्षण, ब्लड प्रेशर जाँच, दवाई वितरण समेत गरिएको थियो । उक्त शिविर सामाजिक अभियन्ता विष्णु बराल, मोहन श्रेष्ठको संयोजनमा भएको थियो । 

ग्रामीण भेगमा आयोजित यो शिविर स्थानीय जनसमुदायका लागि निक्कै नै प्रभावकारी भएको श्री कृष्ण प्रणामी युवा समाज सुनसरीका अध्यक्ष प्रमोद आचार्यले बताए । आचार्यका अनुसार समाजले स्थानीय स्तरमा समुदायमा लक्षित गरि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ । 

4 (4)