इटहरीः  पूर्वी मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ५ जदाहमा संचालित मकालु मोरङ बोडिङ स्कूल पछिल्लो समय बालबालिकालाई शैक्षिक जग बसाल्न गुणस्तरीय स्कूल बन्न सफल भएको छ । 

मकालु मोरङ बालबालिकालाई गुणस्तरीय शिक्षाका लागि विश्वसनीय रहेको  प्रिन्सिपल  सबिन खरेलको दावी छ । हाँस्दै, खेल्दै बालबालिकाहरुको मनोभावना बुझेर शैक्षिक गतिविधिमा लगाए पढ्न लेख्नमा रुची बढ्छ । सोही पद्धती अनुसार बालबालिकालाई हेरचाहा गर्नुका साथै पढाइने प्रिन्सिपल खरेलको भनाई छ ।

मकालु मोरङ बोडिङ स्कूलले १४ औं अभिभाबक दिवस आज मनाएको छ । मंगलबार एक कार्यक्रम गरि अभिभाबक दिवस मनाएको हो । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

335617061_951513499539945_4446500258831074408_n

अभिभाबक दिवसमा बालबालिकाहरुले आफ्नो कला प्रस्तुत गर्दा अभिभाबकहरु मख्ख थिए । आफ्नो छोराछोरीको प्रस्तुतीले अभिभावकहरु दंग देखिन्थे । 

पढाई सँगै नृत्य तथा खेलकुद क्षेत्रमा समेत ध्यान दिदै पढाएको विद्यालयका संञ्चालक समितिका अध्यक्ष  अर्जुन राईले बताए । विद्यार्थीहरुलाई पढाईमा मात्र नभई अन्य ब्यवहारिक गतिविधिमा समेत ध्यान दिन थालेको बताए । 

‘हामीले विद्यार्थीहरुको भविष्य सँग चिन्तित हुदै असल शिक्षा दिने प्रत्यन्न गरिरहेका छौ’– अध्यक्ष राईले भने । स्कूलले निरन्तर गुणस्तरीय शिक्षामा ध्यान दिने उनको भनाई छ । 

335443849_911415153507969_4884189234561902931_n

कार्यक्रमका प्रमुख अतिथि एन प्याब्सन केन्द्रिय उपाध्यक्ष जयबहादुर श्रेष्ठ थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरु तथा सामाजिक ब्यतित्वहरुको उपस्थित रहेको थियो । 

पढाइसँगै अतिरिक्त गतिविधि अर्को विशेषता हो ,मकालु मोरङ बोडिङ स्कूलको । विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी सह क्रियाकलाप, अतिरिक्त क्रियाकलाप, खेलकुद, सिर्जनात्मक क्षमता अभिवृद्धि कार्यक्रम, नृत्य आदिमा पनि ध्यान दिने  गरेको लेखापाल मन्जु गौलीले जानकारी दिइएकी छन ।

335689374_1164615547532680_4826292202068293687_n