धरानः सुन्दर समाजको निर्माण, कला, साहित्य र संस्कृतिको सम्मान एवम् उजागर हाम्रो अभियान भन्ने मूल नाराको साथ नव बर्ष २०८० को अवसरमा बैशाख १ गते धरानमा सांगीतिक तथा सांस्कृतिक भेट कार्यक्रम हुने भएको छ ।

मकालु कला केन्द्रको आयोजनामा हुने सांगीतिक तथा सांस्कृतिक भेट २०८० धरान ११ स्थित सगरमाथा खेल मैदानमा हुने कार्यक्रम संयोजक विजय वाम्बुले राईले बताए । 

कार्यक्रममा कला राई, जशोदा सुब्बा, द भोइस अफ नेपालको सेमिफाइनलिष्ट  शुरक्षा सेन्च्युरी, विजय बाम्बुले राई , , कुबेर खम्बु, डिजे मेवाहाङ्ग, अरुण लिम्बू ,कबिराज राई, भिमराज छेत्री र गरिमा डान्स सेन्टरको प्रस्तुति रहने कुरा मकालु कला केन्द्रका संचालक रिकेश बिश्वकर्माले बताए ।

FB_IMG_1679826810699