337684253_474221221501674_7608624741489204009_n

काठमाडौंः फोक्सोमा पानी जमेकाले अप्रेशन गरेका भक्तपुरको दुवाकोट निवासी विजय गुरुङलाई वीर अस्पातलको इमरजेन्सी बिभागले रातको समयमा जबरजस्ती निकालेका कारण आइतबार खुल्ला आकाशमुनीको सानो बेरन्चीमा  रात  बिताउन बाध्य भए । 

घटना आइतबारको हो । उनी बिरामी भई फागुन १७ गते वीर अस्पताल भर्ना भएका थिए । अस्पतालले उनको फोक्सोमा जमेको पानी अप्रेशन गरि निकाले थियो । आइतबार उनलाई अस्पतालले डिष्चार्ज गरेको थियो ।

विजयका अनुसार वीरले डिष्चार्ज गरि कालीमाटीमा रहेको अस्पताल पठाएको थियो । त्यहाँबाट बेड खाली नभएको भन्दै महाराजगञ्ज स्थित टिचिङ अस्पताल पठाएको थियो । 

338296411_122907394006315_6024851437235083258_n

टिचिङको इमरजेन्सीले बेड खाली नभएकाले जहाँ अप्रेशन गरिएको हो , त्यही जानुहोस् भन्दै वीर नै आफुलाई पठाएको विजयले बताए । आइतबार रातको समयमा आफुलाई आमाले वीरको इमेरजेन्सी ल्याएको उनले बताए । 

वीरको इमरजेन्सी बिभागले बेड छैन भन्दै भर्ना लिन नै नमानेपछि यहि अप्रेशन गरेको हो । फेरी समस्या भयो, रातको समयमा हामी कहाँ जाने लागेको पैसा हामी दिन्छौं । एउटा बेड दिनुहोस् भन्दै अनुनय विनय गर्दा केही बेर बस्न दिएर राती नै यहाँ बस्न मिल्दै भन्दै जवरजस्ती बाहिर निकालेको विजयले सुनाए । 

इमरजेन्सीले राती नै बाहिर निकालेपछि आमाले आफुलाई वीरकै ओपिडि टिकट काट्ने काउन्टरको अगाडि पट्टि रहेको खुल्ला आकाश मुनिको सानो बेरन्चिमा ल्याएर राखेको विजयले बताए । त्यही बेरन्चिमा रात कटाएको विजयले बताए । 

336916825_964558404712370_665375021769196907_n

बिहान ६ बजेदेखि सोमबार दिनभरी नै उनी सुतिरहेको बेरन्ची अगाडिबाटै वीर अस्पतालका डाक्टर, नर्स, प्रशासनका कर्मचारी र सुरक्षागार्ड कयौं पटक ओहोर दोहोर गरेपनि उनलाई नदेखै झै मात्र गरे । ओपिडि टिकट काट्न आउने केही बिरामी र उनका आफन्तहरुले मात्रै विजयले खुल्ला आकाशमुनीको बेरन्चीमा रातदिन बिताएको बिषयमा चासो राखेका थिए । 

उनी फोक्सबाट पाइप जोडिएको थैली झुण्डाएरै बेरन्चीमा सुतिरहेका थिए । पाइपबाट थैलीमा रगत सहितको पानी र पिप निरन्तर निस्किरहेको थियो । उनी बेड खाली भएपछि आफ्नो उपचार हुने आशामा सो बेरन्चीमा सोमबार दिनभरी नै बसिरहेका थिए । आम काममा जानु भएको र साँझ आएपछि थप उपचारका लागि पुनः एक पटक वीरकै इमरजेन्सी विभागमा अनुरोध गर्ने विजयले बताए ।