काठमाण्डौंः प्रबिशा अधिकारीको स्वरमा रहेको ‘यहीं कतै ‘ गीतको भिडियो सार्वजनिक भएको छ ।  किरण पुनको शब्द तथा सुबास भुषालले संगीत र उदय राज पौडेलको एरेन्ज गीतमा रहेको छ ।

 प्रेम कथामा आधारित गीतमा जिवनका सुनौला पलहरुलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । जेनिशा निर्देशित यहीं कतै बोलको गीतमा जेनिशा र कमल घिमिरेको अभिनय देख्न सकिन्छ । गीतको भिडियोमा आकर्षक रुपमा अष्ट्रेलियाको सिड्नी आसपासको बिभिन्न स्थानमा छायाँकन गरिएको छ ।

जेनिशाको अभिनय एबम् स्वरमा यस अघि ऐंसेलु दाना, महँगीले मार्यो बरिलै, माया बराबरी, सुटुक्कै लगायतका बिभिन्न लोकप्रिय गीतहरु सार्बजनिक भैसकेका छन् । 

गायन र अभिनयमा जमेकी उनको भिडियो निर्देशनमा भने यो पहिलो प्रयास रहेको उनले बताइन । ओम गोरखालीको छायाँकन ,टेकेन्द्र शाहको सम्पादन तथा जेनिसा गौत्तमको निर्देशनमा भिडियो तयार गरिएको छ ।