काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । 

कार्यकारी निर्देशक विकल पौडेलसँग ६९ करोड ८ लाख ८१ हजार ८५४  रुपियाँ बिगो माग दाबी गरिएको छ ।  

आयोगका प्रवक्ता भोला दाहालका अनुसार, सुरक्षण मुद्रण केन्द्रका ९ जना र सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेसक्याम्प, बिष्णुपुरा, रुपन्देहीका एक गरी १० जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा आरोप पत्र दर्ता गरिएको हो ।

338607026_1510752942661823_3270448955104279546_n

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल, सिडिई, इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न प्रालि, मेपटेक विल्डिंग सर्भिसेस प्रा।लि, परामर्शदाता वास्तुशिल्प एसोसिएट्स समेतका निर्देशक गरी ९ जना उपर गैरकानूनी लाभ तथा हानि र्पुयाई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको हो । 

यसैगरी, सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेसक्याम्प, बिष्णुपुरा, रुपन्देहीका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेन उपर घुस, रिसवत लिई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

Admission Open NNew