काठमाडौंः काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले हस्तकलालाई पनि इन्जिनियरिङसँग जोड्नु पर्ने बताएका छन् । 

आज काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सांस्कृतिक कलामा आधारित हस्तकला र इन्जिनियरिङ्मा केही फरक नभएको भन्दै यसलाई विश्वविद्यालयको शिक्षामा सामेल गराउनु पर्ने बताए । 

विश्वविद्यालय शिक्षामा प्रवेश गरिसकेको राम्रो व्यवस्थापक, सिर्जना र सिप प्रयोग गर्न सक्ने भएर निस्किए कुनै पनि कुरामा भर पर्न नपर्ने कुरालाई जोड दिएका छन्। 


उनले भने, ‘हामीले प्राविधिक मात्रै होईन सजक हुन सिकाउनु पर्छ । विश्वविद्यालय शिक्षामा प्रवेश गरिसकेको मान्छे राम्रो व्यवस्थापक पनि बनेर जावोस उसले आफ्नो सिर्जना पनि गरोस, सिप पनि प्रयोग गरोस  र व्यवस्थापक पनि होस ताकि अरुमा भर पर्न नपरोस । आर्ट र इन्जिनियरिङ् भनेको एउटै कुरा हो यसलाई जोड्ने कुरा व्यवहारिक हुनुपर्छ । विश्वविद्यालयको शिक्षामा यसलाई लानु पर्छ । परम्परागत सिक्ने कुरा सिक्नु पर्छ यसलाई आधुनिक शिक्षामा ढाल्न सकिन्छ भन्नेमा हामी प्रयासमा छौँ ।’

उनले आफू इन्जिनियरिङ्को शिक्षामा मात्र सिमित भएको भन्दै अबको पुस्तालाई प्रविधिको साथसाथै सिर्जनशिल हुन पनि सिकाउनु पर्ने बताए । उनले कला जानेको र प्राविधिक ज्ञान पनि भए भविष्यमा काम गर्न सजिलो हुने विश्वास पनि व्यक्त गरेका छन् । 

उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै काठमाडौं विश्वविद्यालयका कुलपति नारदमणी हार्तम्छालिले शिल्पकलालाई सिर्जनासँग जोडेर अघि बढ्नु आजको आवश्यकता भएको बताए ।  राष्ट्रिय पहिचासँग जोडिने रैथानि ज्ञानलाई एकत्रितगर्दै  कला संरक्षणमा ध्यान दिनुपर्ने बताए । नेपाल न्यूज बैक

Admission Open NNew