काठमाडौंः  राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी भएको छ । 

पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई मंगलवार महाराजगंजस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनलाई थप उपचार गर्नु पर्ने देखिएपछि दिल्ली लैजान लागिएको हो । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेललाई दिल्लीस्थित एम्स अस्पताल लैजान लागिएको बताए । 

उनले भने,‘राष्ट्रपति ज्यूको पेट र कोखामा समस्या देखियो । उहाँको थप उपचार गर्नु पर्ने भएपछि दिल्ली लैजाने तयारी भएको हो । उहाँलाई आजै दिल्ली लैजाने तयारी छ ।’

पेटमा समस्या देखिएपछि पौडेल मंगलवार बेहोस भएका थिए । उनलाई उपचाकार लागि शिक्षण अस्पताल लगिग्एको थियो । यसअघि पनि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए ।