काठमाडौंः  चिकित्सा शास्त्र संकायमा अध्ययनरत विद्यार्थीहरूले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छन् ।

चिकित्सा शिक्षा आयोगले योग्यताक्रम विपरितको भर्ना प्रक्रिया अगाडि बढाएको विरोधमा उनीहरुले बुधबार काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन् । 

चिकित्सा शिक्षा आयोगले सर्वोच्वको आदेश विपरित भर्ना प्रक्रिया अघि बढाएको डा.विप्लव लामिछानेको आरोप छ । 

उनले भने ‘ चिकित्सा शिक्षा आयोगले योग्यताक्रम मिच्ने काम गरेको छ । जो आए पनि आउन् जो गए पनि जाउन् डक्टर नै बन्न आएका हुन भन्ने जस्ता उहाँहरुको कार्यशैली देखियो । सर्वोच्च अदालत लिएको निर्णय विपरित काम भएको छ । ’ 

341806151_563601952421508_953055380852292017_n

उनले नेपालमा उचित व्यवस्थापन नभएकै कारण राष्ट्रपतिलाई समेत उपचारको लागि बाहिर लानुपर्ने अवस्था सिर्जना भएको बताए । 

विद्यार्थीको योग्तालाई पछाडि राखेर मनपरी ढंगले भर्ना लिने कार्य गरेको  समेत डाक्टर लामिछानेको आरोप छ । नेपालमा सम्भावना भएको तर दक्षताको आधार नभएको पनि उनको गुनासो छ । नेपाल न्यूज बैंक