काठमाडौंः  नेपाली गीत संगगितको क्षेत्रमा गीत ‘सकम्बरी’ले युट्युबमा नयाँ रेकर्ड राखेको छ ।

गायक प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ले सार्वजनिक भएको सात दिनमै एक करोड भ्युज पार गरेर नयाँ रेकर्ड राखेको हो ।

गीतका शब्द र दृश्यलाई लिएर ‘सकम्बरी’ विवादित समेत बनेको छ । एक सामान्य युवती आफ्नो बाध्यताका कारण गलत बाटोमा लागेको भन्ने विषयको चित्रण गर्न खोजिएको छ ।

विभिन्न क्षेत्रमा हुने यौन उत्पीडनलाई प्रतीकात्मक रुपमा प्रस्तुत गर्न खोजेको बताएपनि केही आलोचकले महिलाको गलत चित्रण र स्त्रीद्वेषी शब्द चयन गरिएको भन्दै आपत्ति जनाएका छन् ।

तर पनि ‘सकम्बरी’ नेपालमा सबैभन्दा छिटो करोड भ्युजको आँकडा पूरा गर्ने पहिलो युट्युब सामग्री बनेको छ ।  प्रकाश सपुत नामको युट्युब च्यानलमा गत अप्रिल १३ मा सार्वजनिक यो गीत नेपालमा ट्रेन्डिङ नम्बर एकमा रहेको छ । 

341806151_563601952421508_953055380852292017_n