इटहरीः ‘हाम्रो नाटकमा नेपाली गाउँले समाज देखिन्छ ।’ आजदेखि इटहरीमा शुरु भएको ‘ईश्वरलाई चिठी’ नामक नाटकका कलाकार सुगम दुलालले पहिलो ‘शो’ प्रदर्शनपछि प्रतिक्रिया दिए । म्याक्सिकन लेखक ग्रेग्रोरियोले लेखेको कथाको नाट्य रूपान्तरण दुलालले गरेका हुन् ।

उनले नाटकमा मानिस र भगवान्बीचको सम्बन्ध देखाउन खोजेको बताए । ‘नेपाली किसानले दुःख बेहोर्नुपरेको छ, यो नाटकमा हाम्रै धरातलका कथा उनिएका छन्,’ उनले भने । विपतमा जो कोहीले ईश्वर पुकार्ने बताउँदै कुनै विकल्प नभएपछि ईश्वर अन्तिम भरोसा बनेको कुरा पत्रमार्फत् प्रस्फुटित भएको उनको भनाइ छ ।

pradeshportal 2

सङ्घर्ष र अभावले शिथिल भएको किसानको दिनचर्यालाई होशियारपूर्वक नाटकीय रूपान्तरण गरिएको छ । कलालयका १९ जना कलाकारले करिब १ महिना लगाएर तयारी गरेको नाटक दिनको २ पटक मञ्चन गरिने कलालयका अध्यक्ष तथा नाटकका परिकल्पनाकार सोनु जयन्तीले जानकारी दिए ।

नाटकका निर्देशक प्रज्ज्वल पराजुली हुन् । रङ्गमञ्चको लामो अनुभव सम्हालेका पराजुलीले सबै नाटकले कथा बोक्ने गरे पनि यो कथा भने निकै फरक रहेको बताए । नाटकको उद्घाटन गरेका कवि बद्री भिखारीले नाटकको केन्द्र काठमाडौं भए पनि बाहिर यसरी नाटक हुनु सुखद पक्ष रहेको र यो नाटकको प्रस्तुति शक्तिशाली रहेको टिप्पणी गरे ।

natak ishwarlai chiththi pradeshportal.com
कवि मनु मञ्जिलले नाटकप्रतिको युवाको चासो उत्साहप्रद रहेको टिप्पणी गरे । नाटक हेर्ने र देखाउने युवाको समूह उत्साहित बनाउँदै गम्भीर सन्देश यी युवामार्फत् दिन सकिने बताए । नागरिक समाजका उपाध्यक्ष राजु केसीले विदेशी नाटक भए पनि नेपाली परिवेश प्राप्त गरेको प्रतिक्रिया दिए ।

pradeshportal (2) 1

शुक्रबारदेखि ३ दिनसम्म चल्ने नाटक इटहरीको तायारिची भवनमा हेर्न सकिन्छ । नाटकमा माधवप्रसाद दाहाल, विमल बराल, सुगम दुलाल, गरिमा पाठक, विकास श्रेष्ठ, करण प्याकुरेल, विनय कोइराला, विवेक थेबे र जीवन बस्नेतको अभिनय रहेको छ ।

त्यस्तै, हिमाल निरौला, अनुजा पौडेल, प्रसुस ओझा, प्रजल दुलाल, पूर्णिमा भट्टराई, अस्मिता गौतम, मनोज पुमा राई, सुमन शाह शङ्कर, जेम्स श्रेष्ठ र आरती गुरुङले पनि अभिनय गरेका छन् ।

pradeshportal, natak ishwarlai chiththi