धनकुटाः धनकुटाको उच्च पहाडी क्षेत्रमा परेको हिउँमा खेल्न पर्यटकको भीड लागेको छ ।
शुक्रबार दिउँसो परेको हिउँ खेल्न आज बिहानैदेखि आन्तरिक पर्यटकको भीड लागेको हो । धनकुटाको हिलेभन्दा माथिल्लो क्षेत्र त्रिशुले, गुराँसे, जोरपाटीलगायतका स्थानमा ५ फिटसम्म हिउँ परेको थियो ।
आज मौसम सफा भएका कारण बिहानैदेखि धनकुटासहित, धरान, इटहरी, विराटनगर लगायतका तराई क्षेत्रबाट पर्यटक यहाँसम्म आइपुगेका हुन् । हिउँले ढाकिएको डाँडाहरूमा फोटो तथा सेल्फी खिच्नेको भीड लागेको छ । करिब २ दशकपछि हिउँ परेका कारण हिउँ खेल्नेको भीड लागेको हो ।
हेर्नुहोस् भिडियो