सौराहाः बाघ भन्दा कम संख्यामा रहेको सकटान्न वन्य जन्तुको सूचिमा परेको वन कुकुर (वाइल्ड डग)को संरक्षणका लागि नेपालले तीन खाले कार्ययोजना अघि सारेको छ । 

चितवनको सौराहामा भएको दोस्रो अन्तराष्ट्रिय वन कुकुर सम्मेलनको तेस्रो दिन शनिवार नेपालका तर्फबाट सहभागीहरुले तीन खाले कार्ययोजना अघि सारेका हुन् । 

सकटापन्न वन कुकुरको संरक्षण र यसको संख्याबृद्धिका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन कार्ययोजना बनाइएको ढोल वर्किङ ग्रुपको नेपाल प्रतिनिधि अम्बिकाप्रसाद खतिवडाले जानकारी दिए । 

तीन दिनसम्म सम्मेलनमा सहभागी १३ मुलुकका सहभागी संरक्षमा संलग्न अभियान्ताहरुले व्यापक छलफल गरी शनिवार नेपाल सहित ३ देशले आ आफ्नो कार्यायोजना पेश गरेको खतिवडाले जानकारी दिए । 

वन कुकुर भारत, चीन, बंगलादेश, मलेसिया, इन्डोनेशिया, थाइल्याण्ड, म्यानमार, कम्बोडिया, लाओस, भुटानलगायत मध्य, दक्षिण, सुदुर दक्षिण र पूर्वी एसियाका १३ वटा देशहरूमा पाइन्छ। तर यसको संख्या, अवस्थाको विषयमा अध्ययन, अनुसान्धान खासै नभएको खतिवडा बताउँछन् ।  

मांसाहारी वन कुकुर  प्रकृति संरक्षणमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था आइयुसिएनको दुर्लभ वन्यजन्तुको सूचीमा समावेश गरिएको खतिवडाले जानकारी दिए । 

नेपालको चितवन, पर्सा, बर्दिया, मकालु वरुण निकुञ्ज, अन्नपूर्ण, कञ्चनजंगा संरक्षण क्षेत्र, तीनजुरे मिल्के जलजले, उदयपुरको त्रियुगा वनमा वन कुकुर पाईएको आफुहरुसंग रेकर्ड रहेको वन कुकुर अध्ययनकर्ता समेत रहेका खतिवडाले जानकारी दिए ।  तराई देखि  हिमालसम्मकै रेन्चमा वन कुकुर पाइएपनि  यसको बासस्थान, आहारा, आनिबानी र संख्याबृद्धिका  विषयमा पर्याप्त अनुसन्धान हुन नसकेको खतिवडाको भनाई छ । 

 खतिवडा भन्छन्–‘वन कुकुर विश्वबाटै लोप हुने अवस्थामा पुगेको छ । यसको संख्या नेपालमात्र नभई विश्वमै कति छ भन्ने यकिन हुन नै सकिरहेको छैन । यो अवस्थामा नेपालले झन यकिन संख्या निर्धारण गर्न न नै सक्दैन ।’

IMG_6001

शनिवार बनाईको कार्ययोजनालाई सरोकारवालाहरु, ढोल वर्किङ गु्रपसँग थप छलफल गरि निचोड पुर्याएर  कार्यन्वयनमा लैजाने खतिवडाले बताए । उनका अनुसार सम्मेलनले संकटापन्न वन कुकुरको संरक्षणका लागि स्पष्ट कार्ययोजना बनाई उचित मार्ग निर्देशन भने गर्ने छ । 

सम्मेलनमार्फत बनेको आगामी कार्ययोजनालाई नीतिगत रुपमा नै ऐन कानून बनाएरै अगाडि बढ्नका लागि राज्यका सम्न्धित निकायहरुलाई समेत जिम्मेवार बनाउने खतिवडाले बताए । 

शनिवार सहभागी देशहरुले समूहगत छलफल गरि आ आफ्नो देशमा वन कुकुरको अवस्था, संख्याका बारेमा अनुमानित विवरण पनि प्रस्तुतका गरेका छन् । शनिवार नेपाल, भारत र थाइल्याडका प्रतिनिधिहरुले आ आफ्नो विवरण तथा आगामी कार्ययोजना प्रस्तुत गरेका थिए । 

नेपालले ५ बर्षे, १५ बर्षे र ५० बर्षे गरी तीन खालका कार्ययोजना प्रस्तुत गरेको वन कुकुरका बिषय निरन्तर अध्ययन अनुसन्धान गरिहेका सुजन खनालले बताए । 

नेपालले ५० बर्षे योजना बनाई वन कुकुरको संरक्षणमा नलागे लोप भएरै जान सक्ने संभावना धेरै बढेर गएको खतरा पनि रहेको छलफलको निश्कर्ष  निस्केको खनालको भनाई छ । संकटापन्न वन्य जन्तुमा परेको  वन कुकुर नजोगाए मानव जीवनमै यसको गम्भिर असर पर्ने भएकाले यसको संरक्षणमा लाग्नु विकल्प नै नभएको खनालको दावी छ । वन कुकुरको बिषयमा राम्रो जानकार खनालका अनुसारको यस बिषयमा कतिपय मानिसहरुलाई जानकारी नै छैन् । दोस्रो पटक नेपालमा भएको वन कुकुर सम्बन्धि सम्मेलनले वन कुकुरका बारेमा धेरैले चासो राख्न थालेको खनालको भनाई छ ।

IMG_6023

उनले बाघको संख्या नेपालमा निकै नै न्यून भएको अवस्थामा यसको संरक्षणका लागि व्यापक रुपमा हल्ला खल्ला गर्नुका साथै संरक्षणका लागि  नागरिक देखि लिएर राज्यका निकाय र संरक्षणका क्षेत्रमा काम गर्ने गैंर सरकारी निकायहरु गम्भिर भएर लागेकै कारण आज नेपालमा बाघको संख्या बढेर गएको बताए । खनाल भन्छन् जसरी ठूला वन्यजन्तु, बाघ, गैँडा र हात्ती संरक्षणमा लागिएको छ । त्यसरी नै सबै निकाय लाग्ने हो भने नेपालमा वन कुकुरको संख्या बृद्धिमा केही परिर्वतन आउने विश्वस्त हुन सकिन्छ । 

 सम्मेलनमा सहभागी बाँकेका रेन्जर नवराज शाहीले यस्ता कार्यक्रमले वन कुकुर बारे आम नागरिकमा चेतना विस्तार हुनका साथै यसको संरक्षणमा लाग्न प्रेरित गर्ने बताए । सम्मेलन आएका कुराहरुलाई कार्यन्वयन तहमा लैजानका लागि आफ्नो तर्फबाट सकरात्मक भूमिका रहने उनको भनाई छ । 

वन कुकुर सम्मेलनमा बागमती सरकारको तर्फबाट सहभागी वन तथा वातावरण मन्त्रालयकी रेन्जर सविना तिम्सिनाले संकटापन्ना अवस्थामा रहेको वन कुकर संरक्षणका लागि  नीति गत रुपमा ऐन कानून बनाएरै अगाडि बढ्न मन्त्रालय तयार रहेको बताइन् । सम्मेलनले राज्यका बिभिन्न तहमा नीति निर्माण तहमा बस्ने आफुहरु जस्तै कर्मचारीहरुलाई समेत झकझकाउने काम गरेको उनको तर्क छ ।  सम्मेलन जेष्ठ २५ सम्म चल्ने छ ।