काठमाडौंः शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम दिन काठमाडौं महानगरका मेयर बालेन साहले संस्थागत र निजी विद्यालय सञ्चालहरुलाई निर्देशन दिएका छन् । केही बेर अघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर साहले सो निर्देशन दिएका हुन् । 

काठमाडौं महानगरपालिकामा संस्थागत ( निजि ) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको उनले जनाएका छन् । तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ।   

355621528_682881413682156_3471511640980064775_n

 महानगरपालिका विद्यालय सोही बमोजिम काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई मेयर साहले सूचना जारी गर्दै निर्देशन दिएका छन् । 

निम्न अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न शिक्षकहरुलाई महानगरले अनुरोध पनि गरेको छ ।