काठमाडौंः नेपाल प्रहरीले माल्टा पठाई दिन्छु भनी पाँच लाख ८५ हजार रुपैयाँ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले माल्टामा मासिक एक लाख तलब हुने कम्पनीमा जागिर लगाई दिन्छु भनी पाँच लाख ८५ हजार ठगी गर्ने गोरखा पालुङटार नगरपालिका घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका बस्ने २९ वर्षीय सुस्मा तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

359566403_986732222646583_7844802842877713257_n

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले रु एक लाख तलब हुने माल्टाको कम्पनीमा जानका लागि ६ लाख लाग्छ भनी  पाँच लाख ८५ हजार लिएर ठगी गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रवक्ता रेग्मीले बताए । रासस