इटहरीः भेडेटार फुड फेष्टिबलको पहिलो दिन आज राष्ट्रिय तथा स्थानीय कलाकारले तताउने भएका छन् । दमदार गीत र नृत्य प्रस्तुत गरी ३ दिनसम्म नै फुड फेष्टिबललाई कलाकारले तताउने भएका हुन् ।

फेष्टिबलको आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दिउँसो २ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । फेष्टिबल उद्घाटन अघि विभिन्न जातीय समुदायको संस्कृति झल्कने झाँकी प्रदर्शन गरिने कार्यक्रम तय भएको होटल एशोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए ।

उद्घाटनपछि विभिन्न साङ्गीतिक कार्यक्रमको प्रस्तुति रहने कार्यक्रम तय भएको भेडेटार फुड फेष्टिबल आयोजक समिति अन्तर्गतको सांस्कृतिक कार्यक्रम संयोजक होटल एशोशिएसन भेडेटारका पूर्व अध्यक्ष लीलाराज लावतीले बताए ।

उनका अनुसार अङ्ग्रेजी नयाँ वर्ष २०१९ लाई स्वागत गर्दै आयोजना गरिएको फेष्टिबलको पहिलो दिन चर्चित गायिका बबिना किराती र गायक नन्दु राईको बेजोड प्रस्तुति रहने भएको छ ।

त्यस्तै, पूर्वकै चर्चित डान्स सेन्टर गरिमा डान्स सेन्टरका कलाकारको विशेष प्रस्तुति रहने बताइएको छ । त्यस्तै, स्थानीय साङ्गीतिक ब्याण्डहरूको समेत प्रस्तुति रहने लावतीले बताए ।

48381126_1440877012710209_5742969190034178048_n