भेडेटारः चर्चीत ड्राइभिङ स्कुल संचालक बाबुराम प्रधान इटहरीका हुन् । उनकाे घर पूर्वकाे व्यस्त पर्यटकीय हिल स्टेशन भेडेटारमा पनि छ । हाेटल अरूण टप नामक हाेटल भेडेटारकाे उनकाे घरमा छ । आफ्नै घरकाे हाेटलमा अंग्रेजी नयाँ वर्ष २०१९ मनाउन साेचेका प्रधानले एक हप्ता अगाडि नै रूम बुक गर्न कल गरे । हाेटल संचालक रमेश श्रेष्ठले नयाँ बर्षका लागि सबै रूम बुक भएकाे जानकारी दिए ।
आफ्नै घरमा वस्न नपाए पनि उनी आजकाे सांझमा अंग्रजी नयाँ वर्षलार्इ स्वागत गर्न परिवारसहित भेडेटार आएका छन् । रूम नपाए पनि आफ्नै घरमा खाना खाँदै भेटिएका प्रधान भन्छन् 'आफ्नाे घरमा रूम नपाए पनि छिमेकीकाे घरमा बास बसेर यहाँ खाना खान आएकाे छु ।'
भेडेटारमा आफ्नै घर भएका बाबुराम प्रधान मात्र हाेइन, प्रदेश १ र सीमावर्ती भारतीय क्षेत्रबाट आएका आगन्तुकहरूलार्इ पनि काेठा पाउन उस्तै मुस्किल छ । अंग्रेजी नयाँ वर्ष मनाउन पछिल्ला केही वर्षहरूयता भेडेटार प्रमुख पर्यटकीय गन्तव्य बनिरहेकाे छ ।
आगन्तुकहरू हप्ता दिनअघि नै काेठा बुक गरेर अाउने गर्छन् । यसरी आउनेहरूमा अधिकांश भारतीयहरू नै छन् । २०६८ साल देखि अंग्रेजी नयाँ वर्षकाे अवसरमा भेडेटार फुड फेस्टिवल हुन थालेपछि आउनेहरूमा झनै उत्साह बढेकाे छ । जसका कारण हाेटलहरू भरिभराउ हुनेगरेका छन् ।
हाेटल एसाेसिएसन भेडेटारका अध्यक्ष जीतेन्द्र रूम्दाली पहिलाे भेडेटार फुड फेस्टिवलमा खाेजी खाेजी भारतीय पर्यटककाे तस्बिर लिनुपरेकाे तर, पछिल्ला वर्षहरूमा भारतीय पर्यटकहरूले हाेटल भरिभराउ हुन थालेकाे बताउँछन् । भन्छन् 'अब भेडेटार नेपालीलार्इ मात्र हाेइन, विहार र पश्चिम वंगाल जस्ता सीमावर्ती भारतीय राज्यहरूबाट पनि पर्यटकहरूकाे अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्य बन्न थालेकाे छ ।'