काठमाडौंः आईएस्सी उतीर्णको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको प्रमाणका आधारमा नेपाली कांग्रेसका सांसद मेडिकल व्यवसायी सुनिल शर्मालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । 

सीआईबीकी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सभामुखलाई पठाएको जानकारी पत्रमा सो कुरा उल्लेख गरिएको छ । सो पत्र अनुसार नक्कली डाक्टर खोजी गर्ने प्रहरीको अपरेसन चार्ली फोक्टर अन्तर्गत सुनिल शर्मा पक्राउ परेका हुन् । ‘पुरानो केसहरु हेरेर अनुसन्धान भइरहेको थियो, त्यसकै निरन्तरता हो, सुनिल शर्माको हकमा अहिले पुष्टि भएपछि छानबिनको दायरामा ल्याएको बर्जचार्यले जानकारी दिइन । 

मोरङ–३ का प्रतिनिधिसभा सदस्य शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार उनको काठमाडौंको गोल्फुटारस्थित घरबाट पक्राउ गरेको हो । 

366575725_6870233433008943_8170225574451932841_n

सीआईबीले शर्मा पक्राउ परेकोबारे संघीय संसद सचिवालयलाई लेखेको पत्रमा उनको आईएस्सीको प्रमाणपत्रलाई राष्ट्रिय परीक्षा बोर्डले पुष्टि नभएको उल्लेख गरिएको छ । 

सीआईबीका अनुसार शर्माले एमबीबीएस अध्ययनका लागि पेश गरेको आईएस्सीको प्रमाणपत्र नक्कली हो । उनले भारतको कलेजबाट ल्याएको प्रमाणपत्रको रेकर्ड माग्दा नभएको जानकारी आएको  प्रहरीको दाबी छ । 

सोही प्रकरणमा प्रहरीले सुनिल शर्मासँगै डा.रञ्जितकुमार यादव र डा. अमित चौधरी पनि पक्राउ परेका छन् । पक्र्राउ परेका डा. चौधरी त्रिवि शिक्षण अस्पतालमा कार्यरत छन् । 

366581719_6870233333008953_273435021474920770_n