काठमाडौः नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना डाक्टरलाई सीआईबीले पक्राउ गरेको छ । नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्मा सहित नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ पर्ने डाक्टरहेको संख्या पाँच पुगेको सीआईबीले जनाएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यका अनुसार सांसद शर्मासंगै डा रामबाबु यादव, डा रञ्जित यादव, डा एलिना साह र डा अमित चौधरी पनि सोही प्रकरणमा पक्राउ गरेका छन् । 

उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत रहेका जनाइएको छ । अहिले पनि सीआइबीको अपरेशन जारी रहेकाले थप डाक्टर पक्राउ पर्ने संभावना बढेको छ  । यसअघि आज दिउँसो सीआइबीको टोलीले काठमाडौँको गल्फुटारबाट सांसद सुनिलकुमार शर्मालाई पक्राउ गरेको थियो । शर्मा पक्राउ परेको विषयमा सीआइबीले संसद् सचिवालयलाई दिउँसै जानकारी गराइसकेको छ । 

Dr-Sunil-Sharma-900x500

कतिपय डाक्टरहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले आवश्यक अनुसन्धान गरी पाउँ भनेर काउन्सिलबाट आएको सूचनाका आधारमा प्रहरीले आज अपरेशन चलाएको थियो । उनीहरू सबैमाथि शैक्षिक प्रमाणपत्र कीर्तेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मध्ये आफुलाई डाक्टर बताउने कांग्रेसका सांसद शर्मा प्रतिनिधिसभा निर्वाचनमा मोरंग निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । उनी मेडिकल व्यवसायी पनि हुन । उनको विराटनगरमा नोबेल मेडिकल कलेज र काठमाडौमा केएमसी मेडिकल कलेज सचलनमा छन् । यसैबीच डा. शर्मा पक्राउ परेको खबर पाउन साथ अर्का मेडिकल व्यवसायी दुर्गा प्रसाई सीआईबीको कार्यालय पुगेर शर्मा पक्राउ परेको बिषयमा जानकारी लिएका छन् ।