भेडेटारः पूर्वकाे चर्चित पर्यटकीय स्थान भेडेटार के हिउँद के वर्षा पर्यटकले भरिभराउ हुन्छ । प्रायः अंग्रेजी नयाँ वर्ष मनाउ अाउनेकाे ताँति नै लाग्छ । भारतीय पर्यटकले खचाखच हुने भेडेटारमा सारङ्गीकाे धुन सुनाउने गन्धर्वहरू पनि प्रशस्त भेटिन्छन् ।
पर्यटककाे चापलार्इ मध्यनगर गर्दै छिमेकी जिल्ला भाेजपुरबाट गन्धर्वहरू अाउने गरेका छन् । भेडेटार र गन्धर्वहरूकाे साइनाे पुरानाे नै हाे । काेशी राजमार्गमा पर्ने भेडेटारले जब पर्यटकीय रूप ग्रहण गर्न थाल्याे, उक्त बेला देखिनै याे ठाउं र गन्धर्वकाे सम्बन्ध जाेडियाे ।
चिन्तामुक्त भएर घुम्न अाउने पर्यटकले गन्धर्वकाे सारङ्गीबाट निस्कने धुनबाट अानन्द लिने गरेका छन् । गन्धर्वहरूले पनि पूर्वी लाेकभाकालार्इ टपक्क टिपेर पर्यटकलार्इ भुल्यार्इ दिन्छन् । पर्यटकले खुसिले दिने दक्षिणाले गन्धर्वहरू पुलकित हुन्छन् । र, त हरेक साल पर्यटककाे चाप ह्वात्तै बढ्ने बेलामा गन्धर्वहरूकाे पनि बाक्लाे उपस्थिति हुन्छ ।
याे समयलाइ राम्राे अाम्दानीकाे सिजन मानन्छन् गन्धर्वहरू । भाेजपुरकाे जरायाेटारदेखि भेडेटार अाइपुगेका टंक गन्धर्व भन्छन् 'हामी गीत सुनाएरै हिड्ने हाे, यहाँ याे सिजनमा बढि मानिस अाउँछन् भन्ने जानेर नै केहि दिन देखि यतै छाैँ ।'
उनि धरान बस्छन् । प्रायः शुक्रवार र शनिवार उनि भेडटारमा सारङ्गी रेटिरहेका भेटिन्छन् । यसकाे धुन मनपराउनेले केहि पैसा पनि दिन्छन् । तर, धेरै युवा पुस्ताले भने धुन मनपाराउँदैनन् ।
उनिसंगै रहेका पाका उमेरका तुलबहादुर बाेगटीले पुराना पुस्ताले जस्ताे नयाँ पुस्ताले सारङ्गी मन नपराउने गरेकाे बताए । उनि अहिले जहाँ जहाँ पर्यटककाे घुँर्इचाे देखिन्छ, त्यहाँ पुगेर धुन सुनाउन थालिहाल्छन् । हाेटलमा पर्यटकले माग गरे भने पनि हाेटल साहुले उनिहरूलार्इ बाेलाउँछन् । धुन सुनाए पछि दक्षिणासहित मिठाेमसिनाे खुवाएर पठाउँछन् । जहाँ गए पनि उनिहरूलार्इ माया गर्नेहरू चाहि बढि छन् ।
'कमार्इ काे के कुरा गर्नु र ? भन्नै लाजमर्दाे छ', बाेगटीले भने 'संस्कृतीलाइ धान्न मात्र भए पनि सारङ्गी बजाउँदै हिँडेका छाैं '