भेडेटारः अंग्रेजी वर्षको अन्तिम दिन पर्यटकीय स्थान भेडेटारमा खाना महोत्सव हुन्छ । अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न भेडेटारमा हजारौँ पर्यटक आउने गर्छन ।
६ वर्ष अघि देखि उत्सवका रुपमा महोत्व मनाउँदै आएको ंसस्थाले यो महोत्वलाई भने विशेष बनाएको छ ।
आयोजक सँस्था होटल एसोसिएसन भेडेटारले यो पटक हेलिकप्टरको व्यवस्था गरेको हो । सुलभ मुल्यमा हेलिकप्टर चढेर मनोरम दृष्यालोकन गर्न पाउने भए पछि धेरै पर्यटक हेलिकप्टरमा झुमिए ।
धेरैले नजिकबाट पहिलो पटक हेलिकोप्टर देखेका पर्यटकले रमाई रमाई सेल्फी लिए । धरान, इटहरी, धनकुटा, विराटनगरलगाएतका स्थानबाट नयाँ वर्ष मनाउन आएका पर्यटकले हेलिकप्टरको आनन्द लिए ।
इटहरी देखि परिवारसहित बिदा मनाउन आएका पर्यटक अर्जुन उप्रेतीले हेलिकप्टरबाट भेडेटार आसपासका सुन्दर दृष्य देख्दा रोमाञ्चित भएको अनुभव सुनाए ।
आयोजक संस्थाका अध्यक्ष जीतेन्द्र रुम्दालीले केहि दिन छोटो उडान गरे पनि २० गते देखि भने पाथिभरा मन्दिर सम्मको लामो हेलिकोप्टर उडान गर्ने कार्यतालिका रहेको जानकारी दिए ।