इटहरीः अभिनेता सारुक ताम्राकारको निधनपछि अभिनेत्री नम्रता श्रेष्ठमाथि धेरै प्रश्न उठेका छन् । फिल्म ‘ह्यासट्याग माया’को छायांकनको क्रममा सारुकसँग नम्रताको झगडादेखि तन्त्रमन्त्रका कुरासम्म बाहिर आएका छन् । तर, सारुकको निधनपछि मौन रहेकी नम्रताले सोमबार फेसबुकमा स्टाटस लेख्दै आफूमाथि भैरहेको आक्रमणलाई लिएर प्रतिक्रिया जनाएकी छन् । आफ्नो मौनतालाई कमजोरी नठान्न उनको चेतावनी छ ।

नम्रताले फेसबुकमा लेखेकी छन्, ‘एकजना महिला भएकै कारण यति धेरै सामाजिक आक्रमण भएको होला सायद । किनकि, यो पुरुष प्रधान समाज हो । ठीकै छ । मेरो मौनतालाई कमजोरी नठान्न अपिल गर्दछु । म एक महिला मात्र नभएर कलाकार पनि हो अनि नेपाली नागरिक । हरेक नेपाली नागरिकको बाँच्न पाउने नैसर्गिक अधिकार हुन्छ । सायद यो देशमा कानुन मरेको छैन ।’

आफू मेन्टल हेल्थ (मानसिक स्वास्थ्य)बाट गुज्रिएर आएकाले आत्महत्या जस्तो संवेदनशील विषयलाई मिडियामा ल्याउन उचित नठानेको उनले बताएकी छन् । प्रहरीले अनुसन्धानका लागि बोलाएको बेला आफू उपस्थित भएर बयान दिइसकेको समेत उनले उल्लेख गरेकी छन् । तर, मिडियामा देशै छाडेर आफू क्यानडा गएको भन्ने कपोकल्पित हल्ला फैलाइएको नम्रताको गुनासो छ ।

namrata shrestha(7)

‘चलचित्र मेकिङ टिम र मृतकका परिवारसँग मेरो परिवारका सदस्यहरू र सहयोगीले सुरुका दिनहरुबाट पटक(पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउनु चाहनु भएन,’ उनले लेखेकी छन्, ‘म आफू विरामी नै थिएँ, परिवारकै रेखदेखमा रहेँ । जब मलाई प्रहरी प्रशासनबाट बोलावट भयो म तुरुन्त प्रहरी कार्यालयमा हाजिर भएँ । यो घटनासम्बन्धी जे(जे यथार्थ थियो र जे हो मैले सबै बताएँ ।’

हरीले उक्त घटनाको दूधको दूध पानीको पानी हुने गरी अनुसन्धान गर्ने उनले विश्वास व्यक्त गरेकी छन् । कालो बोका र बुटीको कुरालाई फण्डा बनाइएको समेत उनले स्पष्ट पारेकी छन् । प्रहरीको अनुसन्धानलाई प्रभाव पार्ने काम कोही कसैबाट पनि नगर्न आग्रह गर्दै उनले ‘जस्टिस फर सारुक’ भनेकी छन् । अनुसन्धानमा आफूबाट प्रहरीलाई पूरा सहयोग रहने उनले बताएकी छन् ।