काठमाडौंः सारुक ताम्राकारले आत्महत्या गरेको ५३ दिनपछि ताम्राकारसँगै 'ह्यास ट्याग माया'मा अघिल्लो दिनसम्म सँगै सुटिङ गरेकी अभिनेत्री नम्रता श्रेष्ठले घटनाका बारेमा आफ्नो धारणा फेसबुकमा राखिन्।

त्यसअघि उनले अर्को एक पोस्टमा दिवंगत बाबुछोराको तस्बिर राख्दै श्रद्धाञ्जली व्यक्त गरेकी थिइन् ।

पोस्टमा उनले मुख्यरुपमा दिवंगत अभिनेता सारुकलाई श्रद्धाञ्जली दिइन् र आफूलाई घटनामा अनावश्यक रूपमा मुछिएको लेखेकी छिन् । उनले यो अवधिमा उपचारका लागि आफ्नो समय घर-अस्पताल गरेर बितेको र मिडियामा आफू लक्षित टिप्पणीबाट आफू कतै महिला भएकै कारण मिडिया ट्रायलको सिकार भएको त होइन भन्ने आशय पनि व्यक्त गरेकी छन् । यसबिचमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भएका कुरालाई आफ्नो कानुन टिमले हेर्ने उनको भनाइ छ ।

योसँगै उनले घटनामाथि प्रहरीले बोलाएका बखतमा आफू प्रहरीकोमा गएको र कानुनी प्रक्रियामा सघाउन आफू जति बेला पनि तयार रहेको पनि लेखेकी छन्।

यो पोस्ट २२ दिनदेखि नर्भिक अस्पतालमा उपचारका क्रममा रहेका सारुकका पिता सानु ताम्राकारको मृत्युको भोलिपल्ट उनले पोस्ट गरेकी हुन् ।

पोस्टमा उनले आफू घटनापछि सारुकको परिवारको सम्पर्कमा पुग्न चाहेको भए पनि परिवार सम्पर्कमा नआएको आरोप लगाएकी छन्।

उनले यस्तो बताए पनि छोराको मृत्युपछि स्व. सानुले आत्महत्या लगत्तै नम्रता अर्का अभिनेता रोय श्रेष्ठसँग घरमा आएको र सारुकको कोठामा गएको समाचारहरू प्रकाशित भएका छन्।
सुटिङका बेलामा सारुकसँग भएको भनिएको झगडाका बारेमा उनले आफ्नो पोस्टमा केही उल्लेख गरेकी छैनन् ।

सानुले एक पारिवारिक समारोहमा घटनाको दिन सारुक पनि जाने तय भएको र नआएपछि छोरा धेरैजसो समय छोरा नम्रतासँग नै रहने गरेकाले घर नजिकको एटिक रेस्टुरेन्टमा कफी खान गए की? भनेर नम्रतालाई फोन गरेका थिए । नम्रताले सानुलाई त्यति बेला आफ्नो साथमा नभएको जवाफ पाएको बताएका थिए ।

सारुकले आत्महत्याको अप्रिय निर्णय लिएको दिन दिउँसो उनी सुटिङ सकेर घर फर्किएका थिए । सो दिन सारुक र नम्रताबिच झगडा परेको कुरा 'ह्यासटयाग माया'का निर्देशक राजीव गुरुङले सार्वजनिक रूपमा नै बोलिसकेका छन्। 

दोलालघाट लगेर कालो बोको काटेर र बुटी लगाएपछि आफूहरू नम्रताको कुरामा एकोहोरो भएको र सारुकको आत्महत्यापछि सो बुटी फालेपछि आफू झल्याँस्स बिउँझिएको जस्तो भएको उनले बताएका छन्।

सारुकको मृत्युपछि 'ह्यासट्याग माया' सदाका लागि बन्द भएको बताइन्छ। 

यद्यपि निर्माणपक्षले सारुकका लागि श्रद्धाञ्जली हुने भन्दै फिल्मका फुटेजहरू समेटेर केही दिन अगाडि गीत रिलिज गरेको छ ।

सारुकले न्याय पाउनुपर्ने आवाज सारुकको अन्त्येष्टिसँगे उनका पिता सानुको अन्त्येष्टिमा पनि कलाकारहरूले उठाए ।

प्रहरीले घटनामा सारुकका परिवार किटानी जाहेरी दिन जाँदा आवश्यक नपर्ने भन्दै फर्काइदिएको थियो । 

सानु छोराको मृत्युको सत्य जान्न चाहन्थे । घटनामा प्रहरीले गम्भीर अनुसन्धान नगरेको परिवारको बुझाइ छ ।

छोराको मृत्युमा आहत भएको ताम्राकार परिवार अहिले फेरि दुई महिनाको सानुलाई गुमाउनु पर्दा थप मर्माहित भएको छ । छोरा र पति दुवै नभएपछि सारुककी आमा ज्ञानेश्वरको घरमा एक्ली भएकी छन्। उनको पीडा कसले बुझिदिने??

यस्तैमा सारुकको अन्तिम फिल्ममा काम गरेकी सहायक निर्देशक शान्ति तामाङले आफ्नो फेसबुकमा दुई वटा लामा लामा पोस्ट लेखेकी छन्। पोस्टमा उनले नम्रताको नाम नतोकी कयौँ प्रश्नहरू उठाएकी छन्। दुईमध्ये एउटा पोस्टमा  २४ वटा बुँदाहरू छन् ।

सो पोस्टमा उनले जे देखेँ त्यही लेख्दै छु भन्दै बुदागत हिसाबमा आफ्नो कुरा राखेकी छन् । 

पोस्टमा उनले सांकेतिकरुपमा नम्रताले फिल्म निर्माण युनिट र अभिनेतालाई नम्रताल सुटिङका क्रममा गर्ने गरेको व्यवहारलाई उल्लेख गरेकी छन् ।

'आफ्नू व्यक्तिगत रूपमा प्रयोग हुने टिस्यु देखि मसाज गरेको बिल सम्म निर्माताको हातमा थमायो बिचरा निर्माता तिरी नै रह्यो........

आफ्नू सह-कर्मीलाई गिराएर सबैको अगाडी गाली गरेर बेजति गर्‍यो त्यो पनि यो आँखाले देख्यो..बिचरा चुपो लगेर सहेर बसेको पनि देखे ......

एउटा सिन खिचे पछि सेटबाट गायब, चारै तिर खोजेर हिँड्नु पर्ने AD हरूको वाध्यता  पनि देखे..', लगायतका कुराहरू  लेखेकी छन्।

त्यस्तै अर्को पोस्टमा उनले अभिनेत्री श्रेष्ठले महिलाको नाममा 'भिक्टिम कार्ड' खेलेको पनि घुमाउरो पारामा उल्लेख गरेकी छन् ।

'हो आत्महत्या गर्नु गलत थियो र हो पनि ...

तर त्यसको पछाडि धेरै कारणहरू र गुम्सिएका भावनाहरू थियो होला त्यसको नतिजा आत्मा हत्या गर्नुसम्म बाध्य भयो र एउटा सरल मान्छेको ज्यान गयो', उनले लेखेकी छन् । 

त्यस्तै उनले  'उसको भावनालाई बुझ्ने हो भने कति घात पर्‍यो होला त त्यो चोखो मनमा ??

# कति पिडा भयो होला ?
# कति कुरा मनमा गुम्सियो होला 
# आत्मा सम्मानमा ठेस पुग्यो होला
# निर्दोष आँखाले तुच्छ कर्म देख्यो होला 
# साथ चाहेर पनि पाएन होला 
# मायाको भोको भयो होला 
# न्यानो अँगालोको कमी भयो होला 
# दुई शब्द उसको सुनी दिने कोही खोज्यो होला 
बस कोही नपाए पछि सारा रंगीन दुनियाँ छोडेर त्यो अन्धकार नै प्यारो भयो !' लेखेकी छन् ।
यो सम्पूर्ण प्रकरणमा नम्रताको पक्षमा यो 'ह्यासट्याग माया' युनिटका कुनै पनि सदस्य बोलेका छैनन् । 
त्यस्तै सारुकलाई न्याय दिनुपर्छ भनेर थुप्रै महला कलाकारले बोलेका छन् तर कोही पनि नम्रताका बारेमा खुलेका छैनन् ।
एउटा उदाउँदो कलाकारले किन सुटिङबाट एकाएक फर्केर आफ्नै घरमा मृत्यु रोज्यो वा अझ भनूँ रोज्न बाध्य भयो। यो एउटा सोचनीय छ । 
जीवन कसैको सस्तो हुँदैन । अहिले धेरैको आशंका छ कतै यो प्रकरण बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणजस्तो त हुने होइन ?
यस्तोमा फिल्मकी सहायक निर्देशकले आफ्नो पोस्टमा उठाएका कुराहरू आफैमा गम्भीर हुन् । प्रहरीले यसमा गम्भीर हुनु जरुरी छ।

उनको स्टाटस यस्तो छ :

# सन्दर्भ महिलाको अत्याचार सहनु परेको हाम्रो समाज

# सन्दर्भ महिलाको हक अधिकारले पेलिएको हाम्रो समाज

# सन्दर्भ महिलाको कारणले छुट्टिएको पुरुष पात्रको परिवार

# सन्दर्भ महिलाको दुश्मन महिला नै भनेर उठ्ने आवाज !!

दुई शब्द लेख्दै छु यो समाजको त्यो बिकृति देखेर दिक्क भएर बाध्य भएर ...

हो आत्माहत्या गर्नु गलत थियो र हो पनि ...

तर त्यसको पछाडी धेरै कारणहरु र गुम्सिएका भावनाहरु थियो होला त्यसको नतिजा आत्मा हत्या गर्नुसम्म बाध्य भयो र एउटा सरल मान्छेको ज्यान गयो |

उसको भावनालाई बुझ्ने हो भने कति घात पर्यो होला त त्यो चोखो मनमा ??

# कति पिडा भयो होला ?

# कति कुरा मनमा गुम्सियो होला

# आत्मा सम्मानमा ठेस पुग्यो होला

# निर्दोस आँखाले तुच्छ कर्म देख्यो होला

# साथ चाहेर पनि पाएन होला

# मायाको भोको भयो होला

# न्यानो अँगालोको कमि भयो होला

# दुई शब्द उसको सुनी दिने कोहि खोज्यो होला

बस कोहि नपाए पछी सारा रंगीन दुनियाँ छोडेर त्यो अन्धकार नै प्यारो भयो !

अझै पनि न्यायको आशमा टुलुटुलु हेरी पो रहेको छ कि ?

"न्याय हराएको मेरो देश " भनेर पुर्पुरोमा हात लगाएर लम्केको पाईला पनि एकछिन रोकिएर पर्खी पो रहेको छ कि ??अझै केहि आशमा ....

# कानुनि हकको दुरुपयोग गरेर कति बिधांस मच्चाई रहेर ??

# सरल र सालिनता बिर्सिएर कति नांगिएर ???

# कला र धर्म र स्वाभिमान सँग कति खेलवाड गरेर ??

क्रमश : धेरै छ ........?????

अझै पनि पुरुष प्रधान देश भयो ??????

वाह !! वाह महिला अधिकारको जय होस् !!!!

सदुपयोग गर ( पोल्टो भर ) .........

पुरुष पात्रको पीडाले गर्जिएको एक महिला को शब्द ...मेरो फिल्मबाट