काठमाडौंः नायिका केकी अधिकारीले गतबर्ष आफ्ना प्रेमी रोहित तिवारीसँग बिहे गरिन् । रोहितसँग बिहे गरेर अपार्टमेन्टमा रहँदै आएकी केकी फिल्मको काममा निकै व्यस्त छिन् ।

उनी अभिनीत फिल्म ‘जय हो’ फिल्म हलमा चलिरहेको छ  । साथै, केकी अभिनीत अर्को फिल्म ‘परदेशी २’ दशैँमा रिलिज हुँदैछ । यसैले,  ‘परदेशी २’  रिलिज नभएसम्म केकीले नयाँ फिल्म साइन नगर्ने तयारी गरेकी छिन् ।

यसैबिच, केकीले आफूले मिडियामा व्यापक दबाब आएपछि आफूले बिहे गरेको जवाफ दिएकी छिन् । हालैमात्र मिडिया कुराकानीमा केकीले भनिन्–‘मिडियाले जहिले बिहे कहिले गर्ने, कहिले गर्ने भनेर सोधेर हैरान पार्नुभयो । यसपछि, बिहे गरेँ । अब, फेरि बच्चा कहिले जन्माउने भनेर प्रश्न आउन थालेको छ ।’

केकीले मिडियाले कहिलेकाही एउटै प्रश्न धेरै सोध्ने गरेको भन्दै असन्तुष्टि जनाइन् । तर, आम मानिसहरूलाई चासो हुने कुरा मिडियाले सोधेर आफूहरूलाई दर्शकमाझ पुर्याउने गरेको केकीको तर्क छ ।

केकीले आफूलाई लभ स्टोरी फिल्मबाट कम अफर आएको र करिअरमा यो कुरा मिस भइरहेको पनि तर्क गरेकी छिन् । मेरो फिल्मबाट