काठमाडौंः अभिनेता सारुक ताम्राकारको मृत्युको झण्डै ५३ दिन पछि सो प्रकरणमाथि फेसबुकमा अभिनेत्री नम्रता श्रेष्ठले राखेको भनाइमा ुह्यास ट्यागुमायाका निर्देशक राजिब गुरुङले  प्रतिवाद गरेका छन्।

आफ्नो फेसबुकमा आज एक स्ट्याटस लेख्दै गुरुङले फिल्मका लागि भन्दै कसरी अभिनेत्री श्रेष्ठका कारण आफूले चाहिने भन्दा ज्यादा आर्थिक भार बोक्नुपर्‍यो र आज फिल्मको भविष्य अनिश्चित हुँदा आफू पीडामा रहेको लेखेका छन् ।

उनले अभिनेत्री श्रेष्ठकै कारण घटना घटेको संकेत पनि गरेका छन्।

अभिनेत्री श्रेष्ठले तान्त्रिक पूजाका नाममा आफूलाई ५ लाखको पूजा गर्न लगाएको र सोको प्रमाण आफूसँग भएको पनि उनको दाबी छ।

नम्रता आफ्नो पोस्टमा रूढिवादी परम्परामा आफूलाई विश्वास नरहेको आशय व्यक्त गरेकी थिइन्।

त्यसो त राजिबले घटनाको केही दिन पछि नै एउटा भिडियो अन्तरवार्तामा कसरी दोलालघाट पुगेर पूजा गरियो र कालो बुटी लगाइयो भन्ने बारेमा विस्तृत बोलेका छन् ।

उनले आफ्नो फेसबुक पोस्टमा फिल्म निर्माणलाई कसरी ३(३ वर्षसम्म झुलाइयो भनेर पनि प्रश्न गरेका छन्।

ुफिल्मको स्क्रिप्ट उनीहरूकै मन्जुरीमा बारम्बार पास भएर एक तहको प्राविधिकहरूले रकम बुझिसकेपछि पनि सुटिङ सुरु गर्ने दिन स्क्रिप्ट चित्त नबुझेको भन्दै उनीहरूकै आग्रहमा बारम्बार सुटिङ स्थगित गरियोु, फेसबुक पोस्टमा उनले भनेका छन्, ुम कुनै पनि रूढिवादी परम्परामा विश्वास गर्ने मानिस होइन तर जति प्रयास गर्दा पनि फिल्म अघि नबढेकाले नायिकाले मेरो ग्रह खराब चलेको भन्दै तान्त्रिकसँग पूजा गराएमा राम्रो हुने भनेपछि म यतिका प्रयास त गरे यो प्रयास पनि गरी हेरौँ भन्ने मनस्थितिमा पुगेको हुँ । ग्रह दशा तान्त्रिकले हल गरिदिन्छ भनेर मलाई बारम्बार भनियो र फलस्वरुप रु ५ लाख को पूजा गराइएको हो यदि आवश्यक परे त्यसको प्रमाण पनि मसँग सुरक्षित छ ।ु  

गुरुङले योसँगै महिला सधैँ ठीक र पुरुष सधैँ बेठीक नहुने लेखेका छन् । 

ुमहिला भएकै कारण सधैँ महिला ठीक र पुरुष भएकै कारण सधैँ पुरुष बेठीक हुँदैनन् । महिलामाथि आज कसैलाई यो परिवेशमा अन्याय भएको छ भने ती महिला हुन् स्वर्गीय सारुककी आमा, जसले अनाहकमा आफ्नो काख उजाड बनाउन पुगिन् र यही तोडमा श्रीमान्ले पनि संसार छाडेपछि अथाह वेदनामा छिन्ु, उनले लेखेका छन् । 

यो भनाइ पनि उनले नम्रतालाई लक्षित गर्दै भनेका हुन्। आफ्नो फेसबुक पोस्टमा नम्रताले कतै आफू महिला भएकै कारण आक्षेपहरू लगाइएको हुनसक्ने लेखेकी थिइन् । यस्तै गुरुङले आफ्नो पोस्टमा सारुकले न्याय पाउनुपर्ने माग गरेका छन् ।

यस्तो छ उनको सामाजिक सञ्जाल फेसबुकमा स्टाटस

म सन् २००६ मा फिल्म डाईरेक्सनमा सिटि युनिभर्सिटी अफ न्युयोर्कबाट मास्टर्स गरेर नेपाल फर्किएको हु।नेपाली फिल्मको गुणस्तर उकास्न एउटा मौलिक चलचित्र बनाउने सपना थियो त्यसै अनुरुप ३माया को परिकल्पना भएको हो र यो चलचित्रसँग मेरो आमाको पनि सपना जोडिएको थियोे ।

यो चलचित्र उत्कृष्ट बनाउन मैले हरसम्भव प्रयास गरे।मेरो यहि सपनालाई कमजोरी ठानिएको रहेछ। विगत ३ वर्षदेखि यो चलचित्र निर्माणका दौरान मैले मुख्य कलाकारले राखेका हरेक डिमाण्ड पुरा गरे। त्यसका लागि विगत ३ वर्षदेखि नायिकाकै अनुरोधमा पाटन झम्सिखेल हुदै बुढानिलकण्ठसम्म घर भाडामा लिएर त्यहाँको सम्पुर्ण खर्च आफै व्योहोरे, मलाई भनिएको थियो क्यारेक्टरमा बस्नका लागि छुट्टै एकान्तमा घर आवश्यक पर्छ।यो घर म‌ैले ४५ दिनजतिका लागि होला भनेर मन्जुरी दिए तर उहाँहरुको मनसाय जति सक्दो फिल्मको समय लम्बाउने र यहिघरमा बसिरहने रहेछ।

फिल्मको स्क्रिप्ट उनीहरूकै मन्जुरीमा बारम्बार पास भएर एक तहको प्राविधिकहरुले रकम बुझिसकेपछि पनि सुटिङ सुरु गर्ने दिन स्क्रिप्ट चित्त नबुझेको भन्दै उनीहरूकै आग्रहमा बारम्बार सुटिङ स्थगित गरियो । म कुनै पनि रुढीबादी परम्परामा विश्वास गर्ने मानिस होइन तर जति प्रयास गर्दापनि फिल्म अघि नबढेकाले नायिकाले मेरो ग्रह खराब चलेको भन्दै तान्त्रिकसँग पूजा गराएमा राम्रो हुने भनेपछि म यतिका प्रयास त गरे यो प्रयास पनि गरि हेरौ भन्ने मनस्थितिमा पुगेको हुँ।

ग्रह दशा तान्त्रिकले हल गरिदिन्छ भनेर मलाई बारम्बार भनियो र फलस्वरुप रु५ लाख को पुजा गराईएको हो यदि आवश्यक परे त्यसको प्रमाण पनि मसँग सुरक्षित छ। महिला भएकै कारण सधैं महिला ठीक र पुरुष भएकै कारण सधैं पुरुष बेठीक हुदैनन् । महिलामाथि आज कसैलाई यो परिवेशमा अन्याय भएको छ भने ति महिला हुन् स्वर्गिय सारुककि आमा जसले अनाहकमा आफ्नो काख उजाड बनाउन पुगिन् र यहि तोडमा श्रिमानलेपनि संसार छाडेपछि अथाह वेदनामा छिन्। म र चलचित्रसँग जोडिएको हरेक व्यक्ति जुनसुकै समयमा सुचना र जानकारीका लागि उपस्थित थियौ ।

सुटिङ युनिट बसेको घरको अनुसन्धान हुनुपर्छ भनेर हाम्रै पहलमा प्रहरीले घर सिलका साथै केहि संकास्पद वस्तु लिएर गएको छ। यसअघि नै त्यहाँ बाट केहि सामान ओसारिएको हामीले जानकारी पाएका थियौं । घटनाको  वास्तविकता जस्ताको तस्तै बाहिर आउनुपर्छ र सारुकले न्याय पाउनुपर्छ भनेर हामीले प्रहरीलाई पनि आफ्नो बयान दिईसकेका छौ। बारम्बार अनेकन बहाना झिकेर फिल्मलाई अघि बढ्न किन दिईएन भन्ने प्रश्नको जवाफ मैले पनि खोजिरहेको छु। मेरो सपना,लगानी र मिहिनेत सारुकको जीवनको अघि केहि होइन त्यसैले सारुकले न्याय पाउनुपर्छ।

सारुक भाईको आमाले उनको मनमा उब्जिएको प्रश्नको जवाफ पाउन पर्छ। अनुसन्धान गरिरहेको प्रहरीको अनुसन्धानले के भन्छ त्यो पनि सार्वजनिक हुन पर्छ। मुलुकको न्याय प्रणालीमा मलाई पूर्ण विश्वास छ, यो घटनाले उब्जाएका तमाम प्रश्नको जवाफ न्यायको कसीमा बसेर कानुनले दिनेमा म आशावादी छु। सत्यको जीत होस् र कानुनको न्यायभन्दा माथि ईश्वरको न्याय हुन्छ र सत्य एकदिन उजागर हुने नै छ भन्नेमा म पूर्ण विश्वस्त छु।-मेरो फिल्मबाट