काठमाडौंः कार्तिकको ४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’मा समावेश ‘दुई चुल्ठी बाटन’ बोलको गीत आज जनैपूर्णिमाको अवसर पारेर रिलिज गरिएको छ । यो फिल्मको टिजरले दर्शकमा उत्सुकता बढाइसकेको छ । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार विपिन कार्कीको साथमा अतिथी कलाकार आँचल शर्मा र निश्चल खड्काले नृत्य गरेका छन् । आँचललाई विपिन र निश्चलसँग रोमान्टिक तरिकाले प्रस्तुत गरिएको छ ।

बी पाण्डेको शब्द, सुवास भुषालको संगीत रहेको यो गीतमा मेलिना राई र निशान भट्टराइको स्वर सुन्न सकिन्छ । निरज कँडेलले खिचेको गीतको भिडियो उत्कृष्ट छ । प्रविन सिंहको कोरियोग्राफी रहेको भिडियोलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । भिडियोमा विपिनलाई उनकै पात्र अनुसारले प्रस्तुत गराइएको छ । 

bipin20aanchal_dczABBtgQD_awtovwdkzljqz612ynocdjsjkxikg4b8gsp1ehkzdciuyxvkt5vbieth8vwq_rvkkP51UTn_vzqv1i3jgec6rcrywvqvunzfuhirnuciksukrvm6b8czaoxm86rpeo7xe0wt


दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो फिल्ममा स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल लगायतको अभिनय छ । खगेन्द्र लामिछानेको लेखन तथा निर्माणमा तयार भएको यो फिल्ममा दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्धाजको संगीत छ । 

यो फिल्मले बक्स अफिसमा बम्पर व्यापार गर्ने अनुमान लगाइएको छ । सार्वजनिक गीत सामाजिक संजाल टिकटकमा अझै लोकप्रिय हुनसक्छ ।