प्लानेट थ्री फिल्मस् एण्ड प्याराडाइज पिक्चर्सले 'लाइभ एट प्रजेन्ट एलसिसिको संयुक्त सहकार्यमा अर्जुन सुबेदी निर्देशित " रंगेली " फिल्मको गीतमा विश्व प्रतिष्ठित बुढापेस्ट अर्केस्ट्रा ले  लाइभ अर्केस्ट्रा राखिने भएको छ।  

सुशान्त गौतमद्वारा संगीतबद्ध गीतको केहि अंश बुढापेस्ट अर्केस्ट्रा संग सहकार्य हुन लागेको हो। गीतमा रिकेश गुरुङको संगीत संयोजनमा रहेको छ । 

नेपाली फिल्मको गीत पहिलोपल्ट युरोप पठाइएको हो ।  

हर्क साउदको शब्द रहेको गीतमा बुढापेस्ट अर्केस्ट्राले आफ्नो सांगीतिक जादू  भर्नेछ । नेपाली संगीतको पहिचान कायम राख्दै पश्चिमा समूहसंग सहकार्य हुन लागेको यो पहिलो अवसर हो । 
रोमान्टिक जनरामा बनेको यो गीतमा सनुप पौडेल र अन्नु चौधरीको युगल स्वर रहने जानकारी कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले दिएका छन् ।  

यसअघि यो अर्कष्ट्राले चर्चित भारतीय संगीतकार ए आर रेहमान, अनिरुद्ध रविचन्देर, अजय-अतुल तथा अस्कर विजेता कोरियाली फिल्म 'प्यारासाइट'सँग सहकार्य गरिसकेको छ ।
 
यो सहकार्यका लागि संगीतकार सुशान्त गौतमले पहल गरेका हुन्  । गीतलाई 'रंगेली'का निर्माता र  बुढापेस्ट अर्केस्ट्रा मिलेर प्रोडुस गर्दै छन्।  

फिल्ममा दया हाङ्ग राई , मिरुना मगर , अर्पण थापा , प्रविन खतिवडाको मुख्य भूमिका रहेको छ।  नेपाली संगीत प्रेमीहरुलाई  नेपाली र पश्चिमी अर्केष्ट्राको संयोजनले नयाँ आयाम खोल्ने विश्वास गरिएको छ । 

सुशान्त गौतम विगत १० वर्ष देखि फिल्म संगीतमा सक्रिय रहँदै आएका छन् ।  

गौतमले साइली, प्रेमा, बहाव, सेन्टि भाइरस, क्यापटेन, आप्पा, फुलबारी  र ऐना झ्यालको पुतली लगायतका फिल्मका शीर्ष गीतमा संगीत भरेका छन् । उनी नेपाल फिल्म क्याम्पसका  फिल्म विद्यार्थी पनि हुन्।मेरो फिल्मबाट