रुषा थापा

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली २०७४ फागुल्न ३ गते प्रधानमन्त्री हुँदा अर्थमन्त्री डा.युवराज खतिवडा भए । खतिवडा पहिला राष्ट्र बैंकको गर्भनर पनि भएका थिए । गर्भनर हुँदा उनले घरजग्गा, गाडी र सेयरमा लगानी गर्नु जोखिमपूर्ण रहेको भन्दै कर्जा प्रवाहमा कडाई गरेका थिए । 

अर्थमन्त्री भएपछि त उनले खुलेर भनेका थिए, ‘घरजग्गा, गाडी र सेयरमा लगानी गर्नु भनेको जुवा खेल्नु हो ।’ जसरी जुवाले मानिसको सबै सम्पत्ति सकाउँछ त्यसरी नै घरजग्गा, गाडी र सेयरमा लगानी गर्दा पनि यही हालत हुन्छ भन्ने उनको भनाइ थियो । तत्कालिन अर्थमन्त्री खतिवडाले यस्तो भनेपछि घरजग्गा, गाडी र सेयर लगानीकर्ताले उनको चर्को विरोध गरे । 

यतिसम्म कि उनको राजीनामा समेत मागियो । घरजग्गा, गाडी र सेयर लगानीकर्ताले तत्कालिन प्रधानमन्त्री केपी ओलीसँग भेटेर खतिवडालाई अर्थमन्त्री पदबाट बर्खास्त गर्न माग गरेका थिए । खतिवडाले त महंगोमा घरजग्गा, गाडी र सेयर किन्दा यसको मूल्यमा गिरावट आउँदा डुब्न सकिन्छ भनेर सर्तक गराएकाथिए । 

rusa thapa

बैंक तथा वित्तिय संस्थालाई समेत आँखा चिम्लेर यो क्षेत्रमा लगानी नगर्न उनले सचेत गराएका थिए । तत्कालिन अर्थमन्त्री खतिवडाले त्यो बेला भनेको ती कुरा न सर्वसाधारणले पत्याए न बैंक तथा वित्तिय संस्थाले नै टेरे । त्यतिखेर बैंक र सहकारीले घरजग्गाको लालपूर्जा, नक्सा, नागरिकता र फोटो लिएर जानेबित्तिकै जति भन्यो त्यति नै तुरुन्तै ऋण दिइन्थ्यो । 

बजारमा एक करोडमा बिक्री हुने घरजग्गालाई ७० लाखसम्म कर्जा प्रवाह गथ्र्यो । चार हजार मूल्य बराबरको एक कित्ता सेयरलाई ३५ सयसम्म कर्जा दिइन्थ्यो । त्यस्तै, २० लाखमा बिक्री हुने सवारीसाधनलाई १५ लाखसम्म कर्जा दिइन्थ्यो । कर्जा दिएको रकमबापतको दश प्रतिशत रकम घुस खान्थ्यो । 

उदाहरणका लागि एक लाख कर्जा दिएमा दश हजार र एक करोडमा दश लाख घुस बैंक तथा वित्तिय संस्थाका अध्यक्ष, सञ्चालक र कर्मचारीले खान्थे । यता, दुई प्रतिशत सेवाशुल्क र ब्याज १८ प्रतिशत भनिएपनि ६० प्रतिशतसम्म लिइन्थ्यो । ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै धितो लिलाम गरिन्थ्यो । 

०७४÷०७५ सालमा एक महिनाअघि आनाको १५ लाखमा किनिएको जग्गा एक महिनापछि ४० लाखमा बिक्री हुन्थ्यो । सेयरको मूल्य पनि बढेको बढ्यै हुन्थ्यो । एक महिनाअघि कित्ताको दुईमा किनेको सेयर एक महिनापछि तीन हजार पुग्थ्यो । अटो शोरुमहरुले पनि ग्राहकको लर्को लागेपछि गाडीको मूल्य बढाएको बढ्यै गर्थे । 

घरजग्गा, गाडी र सेयर लगानीकर्ताको बैंक तथा वित्तिय संस्थासँग राम्रो सम्बन्ध हुन्थ्यो । उनीहरुकै मिलेमत्तोमा सर्वसाधारण ठगिन्थे । सर्वसाधारण र बैंक तथा वित्तिय संस्थाले मूल्य बढिरहन्छ भनेर घरजग्गा, गाडी र सेयरमा लगानी गरे । आमनागरिकले आफुसँग भएको रकम खर्च गरेर र आधा रकम बैंकबाट ऋण लिएर यो क्षेत्रमाम लगानी गरे । 

बैंक तथा वित्तिय संस्थाले पनि घरजग्गा, गाडी र सेयर भन्नेबित्तिकै जतिपनि कर्जा प्रवाह गप्यो । तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले भनेको कुरालाई हावादारीमा लिएर सर्वसाधारण र बैंक तथा वित्तिय संस्थाले यी क्षेत्रमा लगानी गरे । ०४५÷०४६ सालमा आनाको एक हजारमा बिक्री नहुने जग्गा ०७५÷०७६ सालमा ८० लाख पुग्यो । 

दुई रुपैयाँ किलोमा बिक्री नहुने फलाम र प्लास्टिकले गाडी बनाएरले भारतले नेपाललाई लाखौं रुपैयाँमा बेच्यो । बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर १८ सयदेखि ५ हजारसम्ममा बेचियो । घरजग्गा, गाडी र सेयर दलालीहरुको ठगीधन्दा हवात्तै मौलाएको थियो । तर, यो कतिन्जेल टिक्छ भन्ने पनि अधिंकाशमा थियो । 

सेयर दलालीहरुले २५ सय कित्तामा सेयर खरिदबिक्री गर्दा सरकारले सय रुपैयाँ मात्र राजस्व लिन्छ । सरकारले ठाउँअनुसार जग्गाको मूल्य आनाको एक हजारदेखि साढे ६६ लाखसम्म तोकेको छ । काठमाडौंको न्यूरोड, इन्द्रचोक, भोटाहिटीमा सरकारी मूल्यअनुसार जग्गा आनाको साढे ६६ लाख पर्छ । 

तर, त्यहाँ जग्गा आनाको १३ करोडदेखि १४ करोडसम्ममा खरिदबिक्री हुन्छ । यति धेरै मूल्यमा जग्गा किनबेच भएपनि नामसारी गर्ने समयमा सरकारले साढे ६६ लाख मात्रको राजस्व लिन्छ वा पाउँछ । काठमाडौं उपत्यकाभित्र जग्गाको सरकारी मूल्य लाखमै कायम छ । तर, किनबेच भने करोडमा हुन्छ । 

यता, सरकारले भने तोकिएको मूल्यको मात्र राजस्व उठाउँछ । उदाहरणका लागि यातायात कार्यालय एकान्तकुनामा एउटा ट्याक्सी २५ लाखदेखि ४५ लाखसम्ममा खरिदबिक्री भएको पाइन्छ । तर, त्यही ट्याक्सी नामसारी गर्दा राज्यको ढुकुटीमा भने ८ सय मात्र राजस्व जान्छ । यसरी राज्य राजस्वविहीन भएको छ । बिचौलिया, दलालीहरु भने सर्वसाधारण ठगिरहेका छन् । 

अहिले सर्वसाधारणको आँखा खुल्यो । उनीहरुले घरजग्गा, गाडी र सेयर किन्न छोडेका छन् । योसँगै दलालीहरुको भागाभाग चलेको छ । बैंक तथा वित्तिय संस्थाको लगानी डुबिसकेको छ । घरजग्गा, गाडी र सेयर चार दशकअघिकै मूल्यमा फर्किएको छ । बजारमा एक जना पनि यो क्षेत्रमा लगानी गर्न चाँहिरहेको भेटिदैंन । 

समस्या परेर वा पैसाको खाँचो परेर घरजग्गा, गाडी र सेयर आफुले किनेको आधा मूल्य बिक्री गर्छु भन्दा समेत बिक्दैंन । बजारमा मन्दी आइसकेको छ । सटर, कोठा र फ्रल्याटहरु धमाधम खाली हुन थालेका छन् । व्यापारीहरु पलायन हुदैँ गएका छन् । सहकारी त करोडौं बचतकर्ताको खर्बो रकम लिएर भागिहाल्यो । 

अहिले बैंक पनि टाट पल्टिने अवस्था आएपछि बचतकर्ताहरुको बैंकमा भीड लागेको छ । बैंकमा पैसा राख्नेभन्दा निकाल्नेको लाम छ । बैंकले लिलाम गरेको घरजग्गा, सेयर तथा तानेको गाडी किन्ने कोही छैन । तत्कालिन अर्थमन्त्री खतिवडाले त्यतिखेर भनेको कुरा सत्य रहेछ भनेर अहिले सर्वसाधारण बताउँछन् । 

त्यतिखेर खतिवडाले भनेको कुराको विरोध गर्ने घरजग्गा, गाडी र सेयर लगानीकर्ता तथा दलालीहरु अहिले डुबेर देशै छोडेर भागेका छन् । अब घरजग्गा, गाडी र सेयरको मूल्य बढ्दैन भन्ने कुरा सबैले थाहा पाइसकेका छन् । बजार पहिलाको अवस्थामा फर्किन सक्दैंन । मानिसहरुले पाँच हजार र सयको नोट आआफ्नो घरमा लुकाइसकेका छन् । 

बजारमा पैसाको हाहाकार हुन थालिसक्यो । बेरोजगारी हवात्तै बढेको छ । एकातिर काम पाइन्न, अर्कोतिर काम गरेको ठाउँबाट तलब पाइदैंन । अधिंकाश व्यवसायी डुबिसकेका छन् । उनीहरुले बैंकको ऋण, घर भाडा तिर्न सकेका छैनन्, श्रमिकलाई महिनौंदेखि तलब दिएका छैनन् । 

वर्तमान सरकारले जग्गाको कित्ताकाट त फुकुव ागप्यो । तर, यसको मूल्य र कारोबार दुवै बढेन । यता, राष्ट्र बैंकले सेयरमा १२ करोडको सीमा हटाएपनि यसको पनि मूल्य र कारोबार दुवै बढेन । दशैं, तिहारमा समेत बजारमा चहलपहल देखिएन । व्यापारीहरु निराश भए । सर्वसाधारण मुलुकको अर्थतन्त्र डुबिसकेको बताउँछन् । श्रींलकाको भन्दा नाजुक अवस्थामा मुलुकको अर्थतन्त्र पुगेको उनीहरुको भनाइ छ । 

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोग मात्र गठन गर्ने बताउँछन् । विदेशी ऋण २७ खर्ब पुगिसक्यो । प्रत्येक नेपालीको टाउकोमा लाखौं रुपैयाँ विदेशी ऋण छ । जनताले पनि सरकारलाई कर तिर्न छोडिसके । राज्यको ढुकुटीमा राजस्व संकलन शून्यझैं भइसकेको छ । 

प्रधानमन्त्री प्रचण्ड आफ्नो पद जोगाउन पूर्व राष्ट्रपतिलाई राज्यले दिइरहेको सेवासुविधा पूर्व राजालाई पनि दिने बताइरहेका छन् । सरकार न खर्च कटौती गर्छ न कर उठाउन सक्छ । विदेशीसँग ऋण लिन्छ अनि तलबभत्ता र पेन्सन बाँड्छ । हुन त यहाँ अर्थविद्, विज्ञहरु पार्टीगत छन् । तर, तत्कालिन अर्थमन्त्री खतिवडाले भनेको कुरा अहिले सही प्रमाणित भएको छ । 

अहिले सर्वसाधारण महंगी र बेरोजगारीका करण बाँच्ने नसक्ने अवस्था आएको बताउँछन् । यदि सरकारले बेलैमा ध्यान नपुप्याए भोलि नेपाली जनता भोकभोकै मर्ने छन् र देश विदेशीको कब्जामा हुनेछ । त्यसैले, सरकार अब खर्च कटौतीतिर लागौं ।