इटहरीः ‘कलाकारका लागि खुशी विज्ञान’ कार्यक्रम हुने भएको छ । नेपाल चलचित्र कलाकार संघले आफ्ना सदस्य कलाकारहरुका लागि विभिन्न गतिविधि गर्ने क्रममा यस किसिमको कार्यक्रम समन्वय गर्न लागेको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । 

 शारीरिक, स्वास्थ्य मानसिक शान्ति एवं खुशीयालीपूर्ण जीवनका लागि जीवन विज्ञान र नेपाल चलचित्र कलाकार संघको संयूक्त आयोजनामा यस खाले कार्यक्रम गर्न लागिएको हो ।

  पछिल्लो समयमा सम्पूर्ण मानव जातिमा मानसिक विचलन, वितृष्णा जागिरहेको अवस्थामा नेपाली कलाकारहरुलाई संबोधन गर्दै यस खाले कार्यक्रम आयोजना गरिरहिएको हो । यसका लागि कार्यक्रममा जीवन विज्ञान विशेषज्ञ श्रद्वेय गुरुदेव रमेश नेपालले सम्बोधन एवं शिक्षा दिने कार्यक्रम रहेको छ ।

001

 नेपाल चलचित्र कलाकार संघले संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्काको संयोजकत्वमा ‘कलाकारका लागि खुशी विज्ञान’ आयोजना गर्नका निमित्त समिति बनाएको छ । कार्यक्रम आयोजना समितिमा पवित्रा आचार्य सह संयोजक रहेकी छिन् । कलाकार निरु खड्काको समन्वयमा आयोजना हुन लागेको यो कार्यक्रम २०८० चैत्र ९ गते शुक्रबार बिहान १० बजेदेखि जीवन विज्ञानको कार्यालय चाबहिलमा आयोजना हुने निरौंलाले जानकारी दिए  ।