इटहरीः अभिनेता प्रदीप खड्का यतिबेला अमेरिकामा छन।  यता चलचित्र “पुजार सार्कीको “ छायांकन सकेर प्रदिप अमेरिका पुगेका हुन्।  प्रदिपसंग अहले चलचित्रको कमि भने छैन। उनको आगामी चलचित्र “ ऐरी“ र “पिताम्बर’ हो र यी चलचित्र केहि महिना भित्र नै फ्लोरमा जाने पनि निर्माण पक्षहरुले बताएका छन ।  

 यति बेला प्रदिप आगामी चलचित्रको तयारी गर्नुपर्ने बेलामा आखिर उनि अमेरिका किन पुगे त ? यो सबैको चासोको बिषय पनि बनेको छ।   प्रदिप अमेरिका चलचित्र कै लागी हो कि व्यक्तिगत प्रभण यो भने उनले खुलाएका छैनन तर प्रदिपलाई अमेरिकामा भने भब्य स्वागत गरीएको छ ।   

प्रदिपलाई अमेरिकामा बस्दै आएका निर्माता एबम प्रोडक्सन डिजाईनर  कृष्ण कोईराला र अमेरिका बस्दै आएका नेपाली चलचित्रलाई माया गर्ने सफल व्यवसायी  “स्पाईसि लाईफ “ का संचालक प्रकाश श्रेष्ठ एबम छायाकार पवन गौतम  तथा नेपाली कार्यक्रमहरु र अमेरिकामा  ईभेन्टहरु आयोजना गर्ने कलाप्रेमीहरु  दिबस बन र शुशान  तिवारीले अमेरिकाको मेरी ल्याण्ड राज्यको रियो शहरमा प्रदीपको भब्य स्वागत गरेका थिए।   

434543035_7312949525421055_3863673193110532178_n

 नेपाली कला र चलचित्रलाई माया गर्दै अमेरिकाको बिभिन्न राज्यहरुमा नेपाली कार्यक्रम आयोजना गर्ने आयोजकहरु  दिबस बन र शुशान तिवारी , एबम निर्माण प्रोडक्सन डिजाईनर कोईरला , छायाकार पवन गौतमले प्रदीपलाई अमेरिकाको मेरिल्याण्ड , भर्जिनिया , वाशीङ्ग्टन डिसी , लगायतका स्थानहरुमा घुमाई नेपाली चलचित्रको बजार र चलचित्र नगरीको बारेमा भलाकुसारी गरेको बताए मेरिल्याण्ड राज्यमा “स्पाईसि लाईफ “ नामक रेष्टुरेन्ट संचालक गर्दै आएका सफल व्यवसायी प्रकाश श्रेष्ठले। आगामी दिनमा नेपाल आएर सिनेमा बनाउने योजना बनाएका प्रोडक्सन डिजाईनर कोईरालाले नेपाली चलाचिरको अवस्थाको बारेमा प्रदिप सँग कुराकानी पनि गरेका थिए।  कोईराला  केहि महिनामा  नेपाल आएर चलचित्रको तयारी गर्ने पनि बताएका छन। 

प्रदिप अमेरिकामा एक्लो भने गएका हैनन् उनि संग चलचित्र  “ ऐरी“ का निर्देशक जीवन थापा पनि संगै छन।  अब यसरी पनि सोच्न सकिन्छा कि के  ऐरी“ को अमेरिकामा पनि छायांकन हुने हो ?