काठमाडौँः हाउस अफ फेसनले बुधवार राति काठमाडौंमा आयोजना गरेको एउटा भव्य समारोहमा पूजा पाख्रिनले ‘मिसेस भोग नेपाल’ को उपाधि जितेकी छिन् । 

आफ्ना ११ जना प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै ललितपुर, हात्तिवनकी ३२ वर्षीया पाख्रिनले मिसेस भोग नेपालको मुकुटसहित नगद पुरस्कार तथा विभिन्न उपहारहरु प्राप्त गरिन् । प्रतियोगितामा उनले मिसेस भोग मोस्ट स्टाइलिष्ट तथा मोस्ट फोटोजेनिकको उपाधिसमेत जितिन् । 

प्रतियोगितामा विभा बस्नेतले कमर्शियल एम्बासडरको उपाधि जितिन् । बस्नेतले पब्लिक च्वाईस अवार्डका साथै मोस्ट पपुलर च्वाईस अवार्ड समेत जित्न सफल भइन् । प्रतियोगितामा आकृति श्रेष्ठले फस्ट रनर्स अपको उपाधि जितिन् । उनले मोस्ट इन्टेलिजेन्टको अवार्डसमेत जितिन् ।  मनिला लामिछानेले सेकेण्ड रनर्सअपको उपाधि जित्न सफल भइन् । लामिछानेले भने मिसेस ग्लोइङ स्किन तथा बेस्ट परफर्मेन्सको अवार्ड पनि जितिन् । प्रतियोगिताको टप सेभेनमा मनिला लामिछाने, बिकिता सुवेदी, पूजा पाख्रिन, आकृती श्रेष्ठ, यादिना रजक, विभा बस्नेत तथा मेरिशा सुवाल पुग्न सफल भएका थिए । 

स्मिथ तामाङद्वारा कोरियोग्राफी गरिएको उक्त प्रतियोगितामा मेरिशा सुवालले मिसेस बोल्ड एण्ड इलिगेन्स, मिना परियारले बेस्ट स्माइल, यादिना रजकले ब्यूटि विद द पर्पस, बिकिता सुवेदीले मोस्ट डिसिप्लिन, लक्ष्मी केसीले मोस्ट इनर्जेटिक, रश्मी महर्जनले बेस्ट वाक तथा राधिका चौधरीले बेस्ट पर्सनालिटीको अवार्ड जित्न सफल भए । 

Mrs Vouge Nepal (3)

सांगीतिक प्रस्तुतिबाट प्रारम्भ भएको यो प्रतियोगिताको पहिलो सिक्वेन्समा सहभागिहरु क्याजुल वेयरमा आएर आकर्षक नृत्य प्रस्तुत गरेका थिए । त्यसक्रममा उनीहरुले भान्सामा लगाइने न्याप्किन लगाएर हातमा डाडू–पुन्यूसहित आकर्षक नृत्य गरेका थिए । त्यसपछिको सिक्वेन्समा उनीहरु इण्डो वेस्टर्न लूकमा प्रस्तुत भए । कमलपोखरीस्थित जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीका डिजाइनरहरुले तयार पारेका पहिरन प्रदर्शन गरेका थिए । 

त्यसपछिको ग्ल्याम नामक सिक्वेन्समा पनि उनीहरुले जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीकै ग्ल्यामरस पहिरनहरु प्रस्तुत गर्दै आफूलाई रयाम्पमा प्रस्तुत गरे । 

आयोजक संस्था हाउस अफ फेसनकी प्रमुख ओशिमा बानुले प्रतिस्पर्धिहरुलाई प्रशिक्षणको पहिलो दिनदेखि नै गरिएको मूल्यांकनको आधारमा विजेता तथा उपविजेताको छनोट गरिएको जानकारी गराइन् । मोस्ट ट्यालेन्ट अवार्डका लागि भने केही समयअघि ट्यालेन्ट शो आयोजना गरिएको थियो । भ्युअर्स च्वाइस अवार्डका लागि खल्ति एपबाट भोटिङ गरिएको थियो । 

प्रतियोगितामा १२ जना विवाहित महिलाहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा खरो उत्रनका लागि उनीहरुलाई पछिल्लो एक महिनाभन्दा लामो समयदेखि प्रशिक्षण दिइएको थियो । त्यसक्रममा उनीहरुले र्याम्प वाक, व्यक्तित्व विकाससहितका जीवनोपयोगी विषयमा प्रशिक्षण दिइएको थियो ।

commercial

प्रशिक्षणकै क्रममा उनीहरुले चलचित्र अभिनेता सुनिल थापा, अभिनेत्री एलिजा गौतम लगायतका व्यक्तित्वहरुसंग भेटघाट गर्दै उनीहरुका अनुभवहरु सुन्ने अवसर पाएका थिए । आयोजक हाउस अफ फेसनले यो समारोहमा भव्यता, शैली तथा महिला सशक्तिकरणलाई उत्सवको रुपमा मनाएको जनाएको, जसले नेपालको फेसन परिदृश्यमा अमिट छाप छोडेको आयोजक बानुको भनाइ छ । 

मिसेस भोग नेपाल’ प्रतियोगितालाई नेपाली महिलाहरूको सौन्दर्य र विविधतालाई उजागर गर्दै रचनात्मकता, प्रतिभा तथा महिला सशक्तिकरणको शसक्त माध्यम बनाउने लक्ष्य आयोजकले लिएको थियो । 

मिसेस भोग नेपाल’ प्रतियोगितामा हरेक सहभागिलाई आफ्नो कथा भन्ने अवसर प्रदान गरिएको थियो, जसलाई ‘उनको कथा’ थिम दिइएको छ । 

प्रतियोगितामा कमलपोखरीस्थित जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीद्वारा तयार पारिएका आकर्षक, परम्परागत शैलीद्वारा तयार पारिएका पहिरनहरुलाई प्रतिस्पर्धिहरुले फेसन एक्स्ट्राभ्यागेञ्जाको रुपमा प्रदर्शन गरेका थिए । 

प्रतियोगिताको ट्यालेन्ट शोकेस सिक्वेन्समा प्रतिस्पर्धिहरुले आफूमा भएको प्रतिभालाई प्रस्तुत गर्नुका साथै महिला शसक्तिकरणलाई उजागर गर्ने शैलीका सन्देशहरु बोकेका थिए । 

प्रतियोगिहरुलाई केही साताअघि सम्पन्न नारी दिवसको अवसरमा समेत केही गतिविधिहरुमा सहभागि गराइएको थियो । उक्त कार्यक्रममा उनीहरुलाई महिला शसक्तिकरणको विषयमा छलफल गराइनुका साथै पिरियड हाइजीन, आत्म निर्भरताका बारेमा कुराकानी गराइएको थियो ।