इटहरी/ सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नेपालकै पुरानो नगरमध्येमा पर्छ । विकासको दृष्टिले सदरमुकाम भएर पनि पछि परेको इनरुवाले अहिले रूप फेर्दैछ । कारण लामो समयपछि जनताले चुनेर पठाएका प्रतिनिधि अहिले नगरको विकास निर्माणको जिम्मेवारी लिएर पुुगेका छन् ।

के गर्दैछ इनरुवा ?
इनरुवाले आफूलाई कृषि औद्योगिक ग्रामको रूपमा अघि बढाउँदैछ । कृषिमा आश्रित बहुुसंख्यक किसानको हितमा हुुने दर्जनौं कार्यक्रम ल्याएको छ । कृषि कर्मलाई आधुनिक यन्त्रद्वारा सुसज्जित बनाउनेदेखि कृषि उत्पादनलाई स्थानीय सरकारले खेतदेखि भण्डारण घरसम्म पु¥याउने योजना समेटिएको छ ।

त्यस्तै, उन्नत गाईपालनमा सरकारले जनतालाई सहुुलियत दिने र आफ्नै डेरी खोल्नेसम्मका योजना रहेको सरकार प्रमुख राजन मेहताले जानकारी दिए ।

rajan meheta

बहुुवर्षीय योजना ः व्यवस्थित आधुनिक बस्ती
मुख्य बजारभन्दा करिब १ किलोमिटर पश्चिम दक्षिणमा आधुनिक बसपार्कसहितको अत्याधुनिक सुविधासम्पन्न बसोबासका लागि मोडल सिटी निर्माण गर्न लागिएको नगरप्रमुख मेहताले पूर्वी बजारलाई जानकारी दिए । उनले दिएको जानकारीअनुसार मुुख्य बजार क्षेत्रभन्दा अलग्गै रहेको उक्त क्षेत्रमा करिब १ हजार बिघा जमिन स्थानीय सरकारले छुुट्याएको छ । १ सय ५० जग्गाधनीको जग्गालाई व्यवस्थित बसोबासमा रूपान्तरण गर्ने कार्यले मूर्त रूप पाउँदैछ ।

सबै जग्गाधनीसँग सहकार्य गरी सो जग्गा आधुनिक बसोबासका लागि छुुुट्याउन लागिएको हो । अहिले उक्त जमिनको एक क्षेत्रमा आधुनिक बसपार्कको कामले तीव्रता पाएको छ । जसका लागि व्यवस्थित सडक, ड्रेन, सोलार प्यानल जडान, गार्डेनिङ लगायतको काम निर्माणाधीन अवस्थामा रहेको छ । सो कार्य निर्माणका लागि ८ महिना अघिदेखि कालिका कन्स्ट्रक्सनले निर्माण कार्यको जिम्मेवारी लिएको छ । ७ करोड लागतमा बसपार्क क्षेत्रको निर्माण अहिले जारी छ ।

बहुुवर्षीय योजनाअनुसार नगरले नयाँ बस्ती निर्माणको थालनी गरेको हो । उक्त बस्ती सरकारी तवरबाट निर्माण भएको पहिलो व्यवस्थित आधुनिक बस्ती हुने मेहताले दाबी गरे । उनका अनुसार व्यवस्थित बसोबास भएको बस्तीमा सरकारले नै विज्ञको सल्लाहबमोजिम कस्तो माटोमा कति तला सम्मको घर बनाउने भन्ने काम सरकारी इन्जिनियरको निगरानीमा हुनेछ ।

त्यस्तै, बस्तीभित्र होटल, बजार, रेष्टुरेन्ट, स्वीमिङ पुल, विद्यालय, कलेज, अस्पताल, प्रहरी कार्यालय, डिस्को बार, धार्मिक अनुष्ठानका लागि धार्मिक मठ मन्दिर लगायतका संरचना निश्चित स्थानमा मात्र रहने छन् ।

मोडल सिटीमा सबै घरको डिजाइन एकै खालको हुने मेयर मेहताले बताए । ‘घरको रङ, मोडल र गार्डेनिङ एकै खालको हुनेछ’ उनले भने, ‘यी सबै कुराहरूको व्यवस्थित र सर्वसुलभ उपलब्धताका लागि नगरले हरतरहले पहल गर्नेछ । वर्षामा भेल बस्तीमा नछिरोस् भन्नका लागि पानीको सहज निकास, सुरक्षाका लागि नगर प्रहरीले चौबिसै घण्टा पहरा दिने छ ।’

सिसी क्यामेराबाट बस्तीको चारैतिर निगरानी बढाइने हुुँदा नयाँ बस्ती सुरक्षित हुने मेहताको भनाइ छ ।

अहिले इनरुवामा रिङरोडको स्तरोन्नतिका लागि १ अर्ब २० करोड हाराहारीमा सो नयाँ बस्तीसम्म पुुग्ने सडक पिच हुँदैछ । यसले बजार क्षेत्र हुँदै नगरका विभिन्न वडामा सहज सडकको पहुुँच बिस्तार गरेको छ । मोडल सिटीको अवधारणाअनुसार बस्ती निर्माण कार्य अघि बढेको हुँदा यो वर्ष सरकारले ८० करोड थप बजेट अनुुदान दिएको नगरप्रमुख मेहताले जानकारी दिए ।

आधुनिक बस्ती निर्माणका लागि करिब २ अर्ब बजेट लाग्ने भए पनि स्थानीयको सहकार्यमा सहज रूपमा परियोजना सम्पन्न गर्ने लक्ष्य लिएको नगरप्रमुख मेहताले बताए ।

हरियालीलाई प्राथमिकता ः
नगरभित्र रहेका रुख बिरुवालाई विशेष प्राथमिकता दिई सुरक्षा दिने र नयाँ वृक्षरोपणका लागि विभिन्न कार्यक्रम ल्याइएको उनले बताए । घरनक्सा पास गर्दादेखि नै विशेष प्रतिबद्धता गर्न लगाउने र सोहीअनुसार काम भएको÷नभएको निगरानी गरिरहने मेयर मेहताले जानकारी दिए ।

उनले भर्खरै १० हजार भन्दा बढी बिरुवा रोपेको भन्दै आफूले फलफूलका बिरुवा रोप्न प्रोत्साहन गरेको बताए । प्रत्येक घरमा कम्तीमा आँप लिचीलगायतका फलफूलका बिरुवा रोप्न लगाइएको भन्दै इनरुवालाई फलफूलमा आत्मनिर्भर बनाउने आफ्नो योजना रहेको सुनाए ।

यसलगायत नगर क्षेत्रभित्र रहेका विभिन्न विपत निम्त्याउने खोलाको तटबन्ध गर्नेदेखि नगरभित्रको नाली सफा गरी वर्षाको सहज निकास गर्नेसम्मको काम भइरहेको बताए । विपत आइहाले उद्दार र राहतका लागि जिल्ला दैवीप्रकोप उद्दार समितिमार्फत् एकद्वार प्रणालीबाट सहयोग गर्न तयारी रहेको मेयर मेहताले बताए । नगर तहबाट समेत विपत कोषसहित अन्य सहुलियतका लागि तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।