इटहरीः नेपाली म्युजिक भिडियोको इतिहासमा पहिलोपटक एआई (आर्टिफिसियल इन्टिलिजेन्ट) भिडियो सार्वजनिक भएको छ । 

नेपाल र अमेरिकामा ख्याति कमाउन सफल नेप्लिज अमेरिकन पप रक ब्यान्ड द भाइब्ज ब्यान्डले आप्mनो लोकप्रिय गीत थाकिसकँेमाथि एआइद्वारा निर्मित म्युजिक भिडियो आइतबार राष्ट्रिय टेलिभिजनहरुले प्रसारण गरी सार्वजनिक गरेको हो । 

 एआई भिडियो नेपालको टेलिभिजन इतिहासमा पहिलोपटक प्रसारण गरिएको हो। एआईलाई दिइएको निर्देशनमा आधारित सो भिडियोमा एआई युवायुवतीको प्रेम र विछोडको दृश्यलाई मनमोहक ढंगले देखाइएको छ । एआई भिडियोमा इनडोर र आउटडोर तथा  कफी सपदेखि गाउँ–शहरका विभिन्न रमणीय दृश्यमा ड्राइभिङ, मठ–मन्दिर, आगोका साथै बेहुली बनेको रोचक दृश्य निर्माण गरिएको छ । मिडजर्नी, रनवेएमएल, लुमाएआई, किङएआई, टोपाज भिडियोएआईजस्ता सप्mटवेयरको मद्दतबाट निर्माण गरिएको भिडियोमा प्रइनको एआई निर्देशन, सम्पादन र कलर ग्रेडिङ रहेको छ ।  विवेक पोखरेलको शब्द रचना, ग्रार्मी अवार्डको नोमिनेसनमा पर्न सफल मनोज सिंहंको बाँसुरी रहेको सो गीतमा साश्वत श्रेष्ठको मिक्सिङ र निर्माण रहेको छ । 

Untitled-2 (1)

सन् २००८ मा सार्वजनिक ब्यान्डको द भाइब्ज जेनरेसनमा एल्बममा समावेश सो चर्चित गीत ब्यान्डले फेरि एक पटक एआई जेनरेसनलाई पस्किएको छ । 

संगीतमा नयाँ–नयाँ एक्सपेरिमेन्ट गर्ने भाइब्जले विभिन्न खालका गीत–संगीत सिर्जना गर्दै आएको छ ।  टेक्नोलोजिमा सधैँ नयाँ एक्सप्लोर गर्न माहिर भाइब्जले सो समयमै थाकिसकेको म्युजिक भिडियो पहिलोपटक १० हजार डलर खर्च गरेर क्यालिफोर्नियाका विभिन्न स्थानमा छायांकन गरी सार्वजनिक गरेको थियो । त्यति बेला नेपालकै सर्वाधिक महँगो म्युजिक भिडियोका रूपमा रहेको गीतको पुरानो भिडियोमा शैलेन्द्र डि कार्कीले निर्देशन तथा छायांकन गरेका थिए । 

 यो गीतले सन् २००९ को इमेज अवार्ड र हिट्स एफएम अवार्डमा बेस्ट ब्यान्ड अफ द इयरको अवार्ड चुम्न सफल भएको थियो । ब्यान्डले निर्मोही, तस्वीर तिम्रो, काठमाडौं सिटीजस्ता चर्चित गीत ल्याइसकको छ ।  ब्यान्डमा भोकलिस्ट प्रइन सिंह छन् भने ड्रम्समा दिरेकलाल श्रेष्ठ, गितारमा रूपक लामा र बाँसुरीमा मनोज सिंह रहेका छन् ।