काठमाडौंः शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. युवानिधि बसौलाले अस्पताललाई सुधारको पक्षमा नभई दिनरात कसरी हुन्छ बढीभन्दा बढी कमिशन खाने भन्ने तर्फ मात्र ध्यान दिईरहेका छन् । 

विवादित व्यवसायीहरुसँगको दिनरात उठबसबाट उनले राज्य कोषको दोहनगरी कमिशनका रुपमा ठूलै रकम कुम्लाईरहेको अस्पताल प्रशासन स्रोतले जनाकारी दिएको छ ।

कान्ति बाल अस्पतालमा निर्देशकको जिम्मेवारीमा रहेका बेला अस्पतालजन्य सामाग्रीहरु सप्लाई गर्दै आएका व्यवसायी विकास लम्सालसँग डा. बसौलाको कान्तिमा हुँदा देखिको बसाई टेकुमा आएपछि झन बाक्लिएको छ । 

बिहान उठेदेखि बेलुका रक्सीभट्टीसम्म डा. बसौलाको साथमा लम्साल हुने गरेका छन् । टेकु अस्पताललाई राम्रोसँग सञ्चालन गर्न डा. बसौलालाई सरकारले जिम्मेवारी दिएपनि व्यवसायी लम्सालले अस्पताल चलाईरहेको त्यहाँका कर्मचारीहरुले बताएका छन् । 

अस्पताल प्रशासनका एक कर्मचारीका अनुसार डा. बसौला र व्यवसायी लम्सालको गतिविधिबाट अस्पतालको निर्देशक डा. बसौला हुन् या व्यवसायी लम्साल ! सबै जना चकित हुने गरेका छन् । 

डा. बसौला कान्तिमा हुँदा व्यवसायी लम्सालबाट ठूलो रकम कमिशनका रुपमा कुम्लाईसकेको र डा. बसौला टेँकु सरुवा भएर आएसँगै लम्सालपनि टेँकु तर्फ आएका थिए । 

डा. बसौंलालाई तत्कालिन स्वास्थ्य मन्त्री मोहन बस्नेतले मन्त्रीस्तरीय निर्णय गरी टेँकु अस्पतालको निर्देशकको जिम्मेवारी प्रदान गरेका थिए । 

स्वास्थ्यमन्त्री प्रदिप यादवले उनलाई २०८१ जेष्ठमा डा. बसौलालाई कान्ति बाल अस्पतालमै फर्काएका थिए । उनै यादवले दवाव खेप्न नसकेर पुनः २२ दिनपछि २०८१ असार ५ गते डा. बसौलालाई टेँकुकै निर्देशकका रुपमा जिम्मेवारी दिएका थिए । 

पुनः टेँकुको निर्देशकको जिम्मेवारीमा आएका डा. बसौलाको झन कमिन धन्दा व्यापक भएको छ । डा. बसौला व्यवसायी वेभटे«निङ कनसर्नका रामिन्द्र न्यौपानेको आर्शिवादमा टेँकुमा पुनः निर्देशकको जिम्मेवारीमा आएका थिए । 

1554990662सरुवा-रोग

न्यौपानेलाई वेष्टमेनेजमेन्टको टेण्डर दिलाउने शर्तमा डा. बसौला पुनः टेँकु फर्किएको कर्मचारी उच्च स्रोतले जानकारी दिएको छ । 

कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारीमा रहेका डा. बसौलाले आफु अनुकुलका मान्छेहरुलाई जथाभावी नियुक्ती गर्ने र राज्यको सम्पतीमा दोहन गर्ने काम गरेका थिए । सो अस्पतालबाट व्यवसायी लम्साल सहितको समूहसँग मिलेर डा. बसौलाले करौडो कुम्ल्याएका थिए । 

दैनिक जसो कुन सामान खरिदबाट कति कमिशन आउछ भन्ने हिसाब किताब र विवादित व्यवसायीहरुसँगको उठबसमै उनको समय वित्ने गरेको टेँकु कर्मचारीहरुको भनाई छ । 

डा. बसौलाले व्यवसायी लम्साललाई अघि सारेर अस्पताल प्रशासनमा कार्यरत कर्मचारीहरुलाई समेत पटक पटक थर्काउने गरेका छन् । लम्सालले जथाभावी गाली गलौच गरेका पिडित कर्मचारीहरुले कुरा राख्दा डा. बसौलाले धेरै पटक सुनेको नसुने झै गर्ने गरेका छन् । 

व्यवसायी लम्सालले डा. बसौलाको साँठगाठमा दर्जनौ फर्जी भ्याट बील पेश गरेर राज्य कोषको दोहन गरेका छन् ।  हरेक सामानमा एक सय प्रतिशत नै नाफा राखेर सप्लार्यसको गोरख धन्दा चलाईरहेका लम्सालको बिल मात्र भुक्तानी गर्न डा. बसौला अघि सर्ने गरेका छन् । 

अन्य सप्लायर्सहरुको बिलको भुक्तानीका लागि पनि व्यवसायी लम्साललाई निश्चित कमिशन नदिईकन भुक्तानी नै नगरिदिने गरेको बुझिएको छ । कमिशन आए नआएको व्यवसायी लम्साललाई बुझेर मात्र डा. बसौलाले अन्य सप्लायर्सको भुक्तानीका लागि चेंक बनाउ निर्देशन दिनेका गरेका छन् । 

अस्पताललाई आवश्यक पर्ने सामाग्री, मेसिन, औषधी लगायतका टेण्डरमा व्यवसायी लम्साल र डा. बसौलाले राम्रो सेटिङ गर्दै आएका छन् । 

सरुवा रोग विषेशज्ञलाई नियुक्ती गर्नुको साटो तत्कालिन स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई ठूलै प्रभावमा पारेर डा. बसौला टेँकुको निर्देशकका रुपमा नियुक्ती लिइएका थिए । उनले सो बेला कान्तिबाट खाएको करौंडो रकमको केही अंश मन्त्री र सचिवसम्म पुर्याएका थिए । 

डा. बसौलाले अस्पातलमा कार्यरत दशौं, एघारौं तहका डाक्टहरुको कामको मूल्याङ्कन सहि तरिकाले नगर्ने गरेको पाइएको छ । 

डा. बसौलाले व्यवसायी लम्साल सहितका केही आफु नजिकका व्यक्तिहरुसँगको साँठगाँठमा टेँकुमा कमिशन भेलबाढी बगाउनुका साथै व्यवसायीहरु नै लगाएर कर्मचारीहरुलाई राणशासन कालमा जस्तो गरी व्यवहार गर्दै आएको बिषयमा हालका स्वास्थ्यमन्त्री प्रदिप पौडेलको सचिवालयमा पनि पुर्याएपनि सुधार हुने छाटकाट नै नभएको बुझिएको छ । 

चालु आर्थिक बर्षमा कुन कुन टेण्डरबाट कसरी बढीभन्दा बढी कमिशन लिने भन्ने तयारीमा यसबेला डा. बसौला लागि परेको कर्मचारीहरुले जानकारी दिएका छन् ।