इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको पकली माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विनोद झाले आफु विरुद्ध षड्यन्त्र गरेर बदनाम गराएको जनाउँदै आफु विरुद्ध अख्तियार जान चुनौती दिएका छन् । झाले एक प्रेस विज्ञप्ती प्रकाशित गरी भ्रम सृजनागर्न शिक्षक सरुवाका नाममा २ लाख रुपियाँ माग गरेको भन्ने अडियोको सत्यतालाई तोडमोड गरि बदनाम गराई चरित्र हत्या गर्ने मनसायले केही संचारमाध्यमहरुमा अडियो सहित भन्दै भ्रम फैलाउने कार्यप्रति आफ्नो गम्भिर ध्यानकर्षण भएको जनाएका छन् । 

मंगलबार झाले प्रकाशन गरेको विज्ञप्तीमा भनिएको छ—‘शिक्षक सरुवामा एक रुपैया सम्मको कुनै चलखेल, लेनदेन भएको छैन् । झुठा दावी गर्ने, कोलाहल मचाउनेलाई अख्तियारमा जान चुनौती छ । विद्यालय भित्र पूर्व प्र.अ., कार्यरत स–लेखापाल कर्मचारीवाट आफ्नो काम, कर्तव्य र अधिकारप्रतिको जवाफदेहिता विपरित विध्यालयलाई विगत ५ वर्ष अगावैदेखि लगातार जिन्सि खरिद नगरी विल भौचरमात्र पेश गरी अनियमित कार्य गरी विद्यालयलाई आर्थिक नोक्सान पुरÞ्याउने विद्यालय व्यवस्थापन समितिको निर्णय विपरित आर्थिक कारोवार गरेको, आफू खुसी विद्यालय कोषवाट भत्ता लिएको, विद्यालयमा रहेको विल भौचर, लेखा परिक्षण प्रतिवेदनवाट स्पष्ट हुन्छ ।’

46e89587-6a20-4605-89d5-3f1749c16747

विद्यालय कार्यालय भित्रवाट अतिरिक्त पोषाक बेचविखन गरी गैर कानुनी कार्यहरु गरेकोमा विद्यालय व्यवस्थापन समितिको निर्णयवाट दुई शिक्षकसँग स्पष्टिकरण माग भएको विषयमा हुने कार्वाही सिफारिसलाई प्रभावित बनाउन अनियमित कार्य गर्नेलाई पक्षपोशण गर्न शैक्षिक सत्र २०८१ देखि संचालनमा आएको अग्रेजी माध्यमलाई विफल बनाउने बोडिङ्ग विद्यालय संचालकहरुसंग साँठगाँठ गरी पकली माविको शैक्षिक वातावरण धमिल्याउने योजना षड्यन्त्र अनुरुप कार्वाहीको विषयलाई विषयान्तर गर्न खोजिएको झाले विज्ञप्तीमार्फत दावी गरेका छन् । 

यस्तो छ झाले प्रकाशन गरेको विज्ञप्ती


श्री पत्रकार महोदय

                                      

                                                                                                                                                 मितिः २०८१/०८-०४


विषयः प्रेश विज्ञप्ती ।


प्रस्तुत विषयमा केही दिन अगाडी संचार माध्यमवाट आएको अडियो सम्वन्धमा गम्भिर ध्यानकर्षण भएको छ । अडियोमा आर्थिक चलखेल भएको भनी भ्रमित भ्रामक विषय उठान गरी चरित्र हत्या बदनाम गर्ने षडयन्त्र प्रति खेद व्यक्त गर्दछु । शिक्षक सरुवामा एक रुपैया सम्मको कुनै चलखेल, लेनदेन भएको छैन् । झुठा दावी गर्ने, कोलाहल मचाउनेलाई अख्तियारमा जान चुनौती छ । विद्यालय भित्र पूर्व प्र.अ., कार्यरत स–लेखापाल कर्मचारीवाट आफ्नो काम, कर्तव्य र अधिकार

प्रतिको जवाफदेहिता विपरित विध्यालयलाई विगत ५ वर्ष अगावैदेखि लगातार जिन्सि खरिद नगरी विल भौचरमात्र पेश गरी अनियमित कार्य गरी विद्यालयलाई आर्थिक नोक्सान पुरÞ्याउने वि.व्य.स.को निर्णय विपरित आर्थिक कारोवार गरेको, आफू खुसी विद्यालय कोषवाट भत्ता लिएको, विद्यालयमा रहेको विल भौचर, लेखा परिक्षण प्रतिवेदनवाट स्पष्ट हुन्छ । 

विद्यालय कार्यालय भित्रवाट अतिरिक्त पोषाक बेचविखन गरी गैर कानुनी कार्यहरु गरेकोमा वि.व्य.स. को निर्णयवाट द्वयसंग स्पष्टिकरण माग भएको विषयमा हुने कार्वाही सिफारिसलाई प्रभावित बनाउन अनियमित कार्य गर्नेलाई पक्षपोशण गर्न शैक्षिक सत्र २०८१ देखि संचालनमा आएको अग्रेजी माध्यमलाई विफल बनाउने बोडिङ्ग विद्यालय संचालकहरुसंग साँठगाँठ गरी पकली मा.वि.को शैक्षिक वातावरण धमिल्याउने योजना षड्यन्त्र अनुरुप कार्वाहीको विषयलाई विषयान्तर गर्न खोजिएको हो । इटहरी १७ वडाध्यक्षवाट मिति २०८१÷०६÷१८ गते वि.व्य.स. बहालवाला अध्यक्षलाई कुनै कार्य नगर्नुहुन भन्ने अधिकार विहिन गैर कानूनी पत्रचार गरेको विषयको आधारमा निमित्त प्र.अ.वाट बैठक नराखी २०८२ को लागि कक्षा कोठा, डेक्सवेन्च, शौचालय, स्कुलबस दुतावासबाट प्राप्त गरिने सहयोग लगायत विषयको महत्वपूर्ण निर्णय व्यवस्थापन गर्नुपर्ने चुनौतीमा विद्यालयलाई अनिर्णयको बन्दी बनाईएकोछ । 

विद्यालयमा कार्यरत पूर्व प्र.अ. शिक्षक यज्ञ प्रसाद ढकाल विगत २०८१ श्रावणदेखि यस विद्यालयमा उपस्थित भएको छैन। आफ्नो दैनिक पठन पाठन अध्यापन कार्य नगराई इटहरी नगर शिक्षामा बसेर विद्यालयले तलव भत्ता खुवाउने कार्य गरि रहेको छ । विद्यार्थीहरुको भविष्य माथी भैरहेको खेलवाड प्रति हाम्रो गम्भिर चासो रहेको छ । सरोकारवाला पक्षको ध्यानाकर्षण पटक–पटक गराईएको छ । वैर्तमान वि.व्य.से. छनौट २०७९÷१०÷२५ गते इटहरी १७ वडाध्यक्ष समेतको उपस्थिती र सहमतीमां शिक्षा ऐन दफा १२ को उपदफा १ खण्ड (क) (ख) (ग) बमोजिम भएको हो । त्यस निर्णयको प्रतिलिपी सहित लिखित जानकारी इटहरी नगर शिक्षा महाशाखालाई गराईएको हो ।

पकली मा.वि. को दैनिक नियमित पठन पाठनमा देखिएको समस्या, चुनौती, नियमित कार्य संचालन लगायत व्यवस्थापन समितिको बैठक बोलाउन देखाएको अबरोध बारे इटहरी नगर शिक्षा युवा तथा खेलकुद महाशाखाको ध्यानाकर्षण गराउन चाहन्छु ।


अध्यक्ष

श्री विनोद कुमार झा पकली मा.वि. व्यवस्थापन समिति इटहरी–१७, पकली, सुनसरी