धरानः धरान १२ स्थित श्री पब्लिक हाइ स्कुलमा आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ । २०८१ पुस ६ गते शनिबार आयोजित कार्यशालामा विज्ञान विषयमा कक्षा ११ का ३० विद्यार्थी सहभागी भएका थिए । यसरी नै ४ चरणमा कक्षा ११ मा शिक्षा, मानविकी, व्यवस्थापन होटलमेनेजमेन्ट र हेयर ड्रसिङ्ग तथा व्युटिसियन अध्ययरत ११० जना विद्यार्थीहरु प्रशिक्षणमा सहभागी हुनेछन् । 

 कार्यशालामा विद्यालयका प्रअ डा. इन्द्र मोहन झाले आत्महत्या सम्बन्धी घटनाहरूको वृद्धि र मानसिक स्वास्थ्यका समस्याहरूको अवबोधन गर्दै, विद्यार्थीहरूमा सचेतना फैलाउने महत्त्वको बारेमा चर्चा गरे। उनले भने, “यो गोष्ठीबाट विद्यार्थीहरूलाई आत्महत्या सम्बन्धी घटनाहरूको रोकथाममा सहयोग पुर्याउने आशा गर्दछ ।“

 कार्यशालाको सहजिकरण वीपी प्रतिष्ठानकी रिता पोखरेल पौडेलले गरिन् । उनि हाल वेस्टर्न सिड्नी युनिवर्सिटी, अष्ट्रेलियामा पिएचडी गर्दैछिन्, । वीएचडीको विषय नेपालमा माध्यमिक विद्यालयका विद्यार्थीहरूको लागि आत्महत्या रोकथाम कार्यक्रमको प्रारम्भिक प्रभावकारिता र मूल्याङ्कन गर्ने परियोजनाबारे जानकारी गराइन् ।

IMG_20241221_095904

 विद्यार्थीहरूलाई किताबी ज्ञानको साथै जीवन उपयोगी व्यवहारिक ज्ञानको पनि आवश्यकताको महत्वलाई औँल्याउँदै साइन्स तथा इलेक्ट्रिकल इन्चार्ज मोहन श्रेष्ठले भने, “विद्यालयमा विदाको समय र शनिबार विभिन्न गतिविधिहरूको आयोजना गरिनेछ, जसले विद्यार्थीले कितावी ज्ञानसँगै जीव्नउपयोगी तथा व्यवहारिक सिप र ज्ञानको विकासमा योगदान पुर्याउँछ।“

 कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर कार्की, प्रअ डा.इन्द्र मोहन झा, एकेडेमिक इन्चार्ज वीरेन्द्र बहादुर साह, र बायोलोजी शिक्षक किसोर चौधरी लगायतका शिक्षक र कर्मचारीको उपस्थिती थियो ।