प्रेम बाँस्तोला

इटहरीः संगीतमा राम्रो ज्ञान भएकी संगीतकी गुरुआमा नामले पनि परिचित गायिका सुनिला कटवालको स्वरमा सजिएको नयाँ गीत ‘गाँठो पारिदेउ’ यूटुब च्यानल मार्फत सुक्रबार(आज) सार्वजनिक भएको छ । 

इटहरीमा रहेर लामो समयदेखि नयाँ पुस्ताका बालबालिका, किशोर किशोरी र युवा युवतीहरुलाई संगीतको औपचारिक ज्ञान बाँड्दै संगीतकर्ममा लागि रहेकी कटवाल निकै कम तर बडो मेहनत गरेर मात्र श्रोता दर्शकको मनोविज्ञानलाई समेत ख्याल गरेर मात्र आफ्ना सृजनाहरु बजारमा ल्याउने गरेकी छन् । 

सोही क्रममा उनले निकै समयको अन्तरालपछि बिषेश गरी युवा समूहका श्रोता दर्शकलाई ध्यानमा राखेर ‘गाँठो पारिदेउ’ गीतको म्यूजिक भिडियो आफ्नै सुनिता कटवाल नामको यूटुब च्यानल मार्फत बजारमा ल्याएकी हुन् ।

690d4920-98a2-4d8b-a589-5c2461664cbc

उनले युवा पुस्तालाई केन्द्रित गरेता पनि उनको यो नयाँ गीतमा सबै उमेर समूहका दर्शक श्रोताले मज्जाले डान्स(नृत्य) गर्न सक्छन् । उनको यो गीत सुन्न साथ कम्मर हल्लाएर मज्जाले नृत्य गर्ने सायद नै कम होलान् । 

डिबी खनालको शब्द रचना रहेको सो गीतको संगीत र एरेन्जिङको काम देवेश राईले गरेका हुन् । 

गीतको म्यूजिक भिडियोमा कोरियोग्राफर/निर्देशन पुनम श्रेष्ठको छ भने सम्पादन दिनसन शाहीको रहेको छ । भिडियोमा सुरेश कोइली र सम्रिका ढकालको मुख्य अभिनय छ भने अन्य डान्सरहरुले पनि उनीहरुलाई साथ दिएका छन् । भिडियोमा गायिका कटवाल पनि देखिएकी छन् ।

 a2b59ed5-5a67-43e8-993d-3d080c8d2bca

इटहरीको निसाद संगीत पाठशालामा अध्यापन गराईरहेकी सबै खालका गीत गाउन सक्ने क्षमता बनाएकी गायिका कटवालले यसअघि २० भन्दा बढी गीतहरुमा आफ्नो स्वर दिईसकेकी छन् । 

लामो समयको व्यवस्तता र मेहनत पछि श्रोता दर्शकका लागि नयाँ डान्सिङ गीत ल्याएकाले वहाँहरुबाट राम्रो मायासँगै सल्लाहा, सुझाव र प्रतिक्रिया पाउने आशा आफुले राखेको उनले बताएकी छन् । उनले आफ्नो च्यानल ससक्राईभ गरिदिई भिडियो आ आफ्नो सामाजिक सञ्जाल मार्फत शेयर गपिरदिन र नयाँ गीतमा धेरै भन्दा धेरै टिकटक निर्माण गरिदिन आम श्रोता दर्शकसँग बिषेश अनुरोध पनि गरेकी छन् । संगीतकर्मी कटवाललाई म्यूजिक भिडियो सहितको नयाँ गीतको सफलताका लागि हाम्रो पनि शुभकामना ।