केराबारीः  केराबारीमा रहेका गायन प्रतिभाहरुको खोजी गर्ने अभियान अन्र्तगत केराबारीमा पहिलो पटक सुरु भएको केराबारी सिङगिङ आइडलको बिजेता बन्दै केराबारी ९ कुसुमेकी सरला तामाङ प्रथम केराबारी आइडल बनेकी छिन् । 

शनिबार बन्धु पार्टी प्यालेस केराबारी ८ मा झण्डै ७ सय भन्दा वढी दर्शकहरुको माझ सम्पन्न ग्राण्ड फिनालेमा विभिन्न टप १० प्रतिस्पर्धीहरुलाई उछिन्दै प्रथम केराबारी आइडल बनेकी हुन् । बरिष्ठ गायक तथा संगितकार रमेश सूवेदी,गीतकार तथा संगितकार जेवी थुलुङ र द भ्वाइस अफ नेपालका जर्ज समेत रहनुभएका बरिष्ठ गायक तथा संगितकार उदय सोताङ लगायतको टिमले उनलाई विजेता घोषित गरेका हुन् ।

केराबारी आइडलको विजेता बनेसंगै तामाङले नगद ४० हजार सहित ट्रफि प्रमाणपत्र र काठमाडौंको स्टुडियोमा एउटा गीत रकर्ड गर्ने अवसर पाएकी छिन् । 

त्यसैगरी केराबारी ५ की मनिता कुवर फस्ट रनरअप(दोश्रो) केराबारी २ का दिलिप लिम्बू सेकेण्ड रनरअप(तेश्रो) र केराबारी १ का बिमल लिम्बू थर्ड रनरअप(सान्त्वना) ओषित भए । 

winner (1)

फस्ट रनरअफ (दोश्रो) भएकी मनिताले नगद २० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र सहित एउटा गीत रेर्कडिङ गर्ने अवसर पाएकी छिन् । भने थर्ड रनरअफ दिलिप लिम्बूले(तेश्रो) हुदै नगद १५ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

थर्ड रनरअप(सान्त्वना) ले नगद १० हजार सहित प्रमाण पत्र प्राप्त गरेका छन् । विजेता संगै पहिलो दोश्रो र तेश्रो हुनेलाई साराङ कोरिया भाषा केन्द्रमा ३ महिनाको कम्प्युटर कक्षाको पनि व्यवस्था गरिएको आयोजकले जनााएको छ । 

kerabari idol

केराबारी गाउँपालिकाको मुख्य सहयोग र केराबारी अनलाइन मिडिया प्रालिको आयोजनामा भएको पहिलो आइडलका विजेताहरुलाई गाउँपालिकाका प्रमुख सुमन मिरिङचिङ मगर र विशिष्ट अतिथी समेत रहेका डिएसपी चिरञ्जिवी दाहालले पुरस्कार वितरण गरेका थिए । 

केराबारी अनलाइन मिडिया प्रालिका अध्यक्ष भक्तशेर लिम्बूको सभापतित्व र गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरको प्रमुख आतिथ्यता र विभिन्न सामाजिक संघसंस्था,राजनीतिक दल,विद्यालय,सामुदायिक वन,लगायत दर्जनौ व्यक्तिहरुको आतिथ्यता रहेको थियो । कार्यक्रम अनलाइनका सचिव किशन शाही र करुणा बस्नेतले सञ्चालन गरेका थिए ।