सप्तरीः उनी दिनँहु गुन्द्री बोकेर सप्तरी जिल्ला अदालत धाउँदैछन् । छोराको हत्या मुद्दाका विषयमा हुने गरेको बहस, वकपत्र तथा अन्य कानुनी गतिविधिलाई चासोका साथ बुझ्छन् । तर, अहिलेसम्म मुद्दाको फैसला भइनसकेको र सुनुवाईको क्रमजारी रहेकाले कार्यालय बन्द हुने समय ५ बजेपछी गुन्द्री र झोला लिँदै घर फिर्ता हुन्छन् ।
यो क्रम विगत १० महिनादेखि निरन्तर चलिरहेको छ । उनी हुन राजविराज ४ का मो. हविव मियाँ । ७० वर्षिय बृद्ध हविवका ३२ वर्षिय छोरा औरन्गजेबको गत २०८१ असार ३ गते हत्या भएको थियो । प्रहरीले उक्त घटनाका आरोपितहरुका बिरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता न्यायिक प्रक्रियाका लागि सप्तरी जिल्ला अदालतमा पु¥याएपछी उनी न्यायका लागि अदालततिर धाउन थालेका हुन् ।
न्यायको प्रतिक्षामा रहेका उनी अदालतको फैसलाका लागि दिनभर कुर्ने तर वकिल मार्फत “सुनुवाई र वकपत्रको क्रम अझ केही दिनसम्म चल्ने” जानकारी पाएपछी निराश भई घर फर्किने गरेका छन् ।
लामो समयदेखी बिरामी रहेका र पटक–पटक औषधी सेवन गर्नु पर्ने भएकाले औषधीको झोला, खाजाका लागि बिस्कुट र सातुसँगै लिएर अदालत आउने र ५ बजेपछी फिर्ता जाने गरेको उनी बताउँछन् ।
राजविराज ४ स्थित रोयल इन्फिल्ड आटोमोवाइल्सका संचालक समेत रहेका ३२ वर्षिय औरन्गजेबको २०८१ असार ३ गते साँझ घरेलु हतियार प्रहार गरी हत्या गरिएको थियो । मुस्लिम धर्मावलम्बीहरुको महान पर्व वकरइदका दिन मदरसालाई सहयोग तथा जनावरको कुर्वानीका विषयमा उत्पन्न विवादले उग्ररुप लिएपछी एक पक्षको आक्रमणबाट औरन्गजेब गम्भिर घाइते भएका थिए । उनको उपचारका क्रममा बिराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको थियो ।
उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोही वडाका मो। नासिर, उनका भान्जा मो। आशिक र राजगढ गाउँपालिका ६ का लाल खाँलाई पक्राउ गरिसकेको छ । उनी तिनै जना अहिले पूर्पक्षका लागि राजविराज कारागारमा छन् । अन्य फरार अभियुक्तको खोजिकार्य भइरहेको प्रहरीको भनाई छ ।
बृद्ध बुवा हविवले उक्त घटनामा संलग्न रहेका ७ जना बिरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा प्रहरीमा जाहेरी दिएपछी प्रहरीले आवश्यक अनुसन्धान सकाएर मुद्दा अदालतमा पु(याएको छ ।
“पर्वका दिन घर नजिकै आँखै अगाडी घरेलु हतियारको अन्धाधुन्द आक्रमणबाट गम्भिर घाइते भएको अनी अस्पतालमा छट्पटाएर प्राण त्यागेको दृश्य आफ्नो मानसपटलबाट हटिसकेको छैन्, उनी भन्छन्– “त्यो कहाली लाग्दो घटनाले दिनरात सताइरहन्छ ।” उनको एउटै भनाई छ, “बुढेसकालका सहारा छोराको हत्या र त्यस्तो जघन्य अपराधमा संलग्न सबैलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ ।”
सप्तरी जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद अधिकारीले औरन्गजेब हत्या प्रकरण सुनुवाई र वकपत्रको क्रममा रहेकाले फैसला हुन अझ केही समय लाग्न सक्ने जनाएका छन् । “असार ८ गतेदेखी दुबै पक्षको साक्षी राखेर वकपत्रको क्रम चलिरहेको छ, श्रेस्तेदार अधिकारीले भने, “त्यसपछी इजलास समक्ष पेशी र प्रमाण मुर्करर कार्य सम्पन्न गरेर उचित फैसला हुनेछ ।”
उता विहे भएको तीन वर्ष नपुग्दै श्रीमान गुमाएकी २४ वर्षिया श्रीमती साहिबा परविन र डेढ वर्षीय छोरा अरसलम आलमको बिचल्ली भएको छ । दिनभरी जसो घरको पिढीमा काँखे छोरालाई लिएर बस्छिन् र श्रीमान औरन्गजेब आइहाल्छन् की भनिन् सडकतिर एक टकले नियालिरन्छिन् ।
आफ्नो दिनभरको समय अदालतमा र बुहारी तथा नातीको दैनिकी घरमा यसरी नै बितिरहेको छ, ससुरा हविवले भने– “अदालतबाट घर फर्किदा देखिने यस्ता दृश्यले झन पीडा थपिने गरेको छ ।” यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।