बेलबारी/ बेलबारी नगरपालिकाले ३ पाङ्ग्रे सवारी साधन टेम्पो तथा ई–रिक्साका लागि पहिलो पटक स्थानीय पूर्वाधार सेवा शुल्क तोकेको छ ।
नगरपालिकाले दैनिक १० रुपैयाँ लिने निर्णय भएको जनाएको छ । रुटभन्दा बाहिर जानुपर्ने भए पुनः १० रुपैयाँ तिर्नुपर्ने भएको छ । नगर क्षेत्रभित्र एउटै दर कायम गरिएको बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले बताइन् ।
‘दैनिक रूपमा बेरोजगारीको संख्या बढ्दै जाँदा विद्युतीय रिक्साले वैदेशिक रोजगारमा जाने तथा बेरोजगार बस्ने युवाको संख्या घटाउने काम गरेको छ’, उपप्रमुख पराजुलीले भनिन्, ‘हामीले त्यसलाई मध्यनजर गरेर विद्युतीय रिक्साका लागि कम शुल्क कायम गरेका हाँै ।’ विद्युतीय रिक्साचालकले समेत नगरपालिकाले गरेको निर्णयको तारिफ गरेको उनले बताइन् ।