पूर्ण गिरी
यो भोट हाल्ने बिषय एउटा गजब र अचम्मको छ ।यसले गहिरो निन्द्रामा परेको मानिसलाई पनि ब्यॅुजाउछ। सज्जन मानिस पनि यतिखेर बौलाउछ । तैसॅाडमैसॅाड गर्छ, आफ्नो बिरानो सबै चिन्न छोड्छ । भोटपछि जिते खुशियाली मनाउदै हिड्छ हारे कालो मुख लाएर घरबाट केही दिन निस्किदैन।भाग्यले जित्नेले त जितिहाल्यो हार्नेले पनि कसरी हारें भनेर पुनरालोकन गर्दैन ।आफूले जिते चुनाव सफल भयो हारे असफल भयो।आफूले जित्दा आफूले र आफ्नो दलले मात्र जितयो कि देशले पनि जित्यो कहिल्यै फर्केर हेरिदैन ।जुन बिचारको आडमा चुनाव लडियो र जित्यो त्यो बिचारले देशलाई जितायो कि हरायो केही मुल्यांकन गरिंदैन।चुनावको सफलता असफलता चुनाव पछि देश र नागरिकलाई परेको असरले संकेत गर्दछ ।
चुनावमा भाग लिनु अघि प्रत्येक नागरिकले सोच्नु पर्ने कुराहरू धेरै छन् ? पहिलो कुरो म को हॅु ? म कसलाई भोट हाल्दै छु ? म जसलाई भोट हाल्दै छु ऊ को हो ? ऊ अस्थिर छ या स्थिर छ ? ऊ स्वचछ या भ्रष्ट छ ।उसको क्षमता के कस्तो छ ? ऊ बैचारिकरूपले राष्ट्रबादी हो कि , अन्तराष्ट्रियबादी हो कि या बिश्वाबादी हो ? राष्ट्रबादी हो भने मौलिक राष्ट्रबादी हो कि अर्काको बिचार अनुकरण गर्ने कृतिम राष्ट्रबादी हो ? प्रजातांत्रिक राष्ट्रबादी हो कि ऊ या कठोर उग्र फासीबादी प्रकृतिको राष्ट्रबादी हो बुझ्नु जरूरी छ ।
राष्ट्रको कुरो नगर्ने यो बाद र त्यो बादको कुरो मात्र गर्ने , नागरिक गरिब भएको फायदा उठाउदै यो सहुलियत दिने त्यो सहुलियत दिने भन्ने अनि खॅाटी अत्यावश्क बिकासका योजना नसुनाएर बिकासे असान्दार्भिक कुरा गर्नेलाई पनि भोट हाल्नु हुन्न । कहिल्यै पनि माछा दिन्छु भन्नेलाई भोट दिनु हुन्न । म बल्छी उपलब्ध गराई दिन्छु माछा चाहिं तिमीले मारेर खानु पर्छ है भन्नेलाई भोट हाल्नु पर्छ । अथवा म उध्योग धन्दा खोलेर रोजगारीको दायरा बढाउछु तिमीले आफ्नै देशमा बसी कमाएर खानु पर्छ भन्नेलाई भोट दिनु पर्छ ।

भत्ता दिन्छु भोट मलाई देऊ भन्नेलाई भोट दिनु हुन्न किन कि भत्ता तपाईहरूले दिएको करबाट तपाईलाई दिएको हो ।कर लिएपछि एउटा नागरिकलाई भत्ता दिनु एउटा राज्यको दायित्व हो ।राज्यले नागरिकको अधिकारमाथि राजनीति गर्नु पाउदैन ।
अर्को कुरो भोट दिनु अधि म कसैलाई ममा भएको बहुमूल्य शक्ति सुम्पिरहेको छु जुन शक्ति भोट दिए पश्छात आफूसित रहदैन ॥त्सकारण ख्याल गरेर हात अघि बढाउनु पर्छ ।अझै अर्को महत्वपूर्ण कुरो त भोट हाल्छु भन्नेले आजको राजनीति परिवेश बुझेको हुनै पर्छ । नत्र त्यो भोट आत्मघाती हुनु सक्छ।
सबै भन्दा गजबको कुरा त आज पनि नेतादेखि जनतासम्म मानिसहरू अर्धसचेतै छन् । कयौं भोट हालिसके परिणाम पनि भोगिसके अनि अनुभव पनि पाईसके तर न कुनै पछताप छ न कुनै सुधार र परिवर्तन।अनि आफै सुध्रिन नसक्नेले अरू सुधार्छ ?जुन कुरो अभ्यास गर्दा कयौं बर्ष अघि कयौं राष्ट्र फेल भएको परिदृश्य देख्दा देख्दै फेरि त्यै बाटो हिड्नु भनेको एउटा अर्धसचेतना परकास्ट हैन र ?
भोट कसलाई हाल्ने भन्ने सवालै गलत हो । किन कि भोट ब्याक्तिलाई हैन ब्याक्तित्वलाई हालिने कुरो हो । अनि ब्याक्तित्व भनेको ब्याक्तिको सदगुणहरू हुन् । चेतना ,बिवेक,बिचार ,ज्ञान ,कला,सीप,साधन,क्षमता, स्वचछता ईमान्दारिता ,स्थिरता आदि ईत्यादि। यति ख्याल नगरी भोट हाल्नु भनेको मुलुकप्रतिको गद्दारी हो।
अनि केमा ? फलानो चिन्हमा भन्नु पनि गलत हो किन कि त्यो चिन्ह आफैमा कुनै बिचारको प्राकृतिक स्थायी र ठोस प्रतिक होइन । त्यो एउटा कसैको परिकल्पना र भ्रम मात्र हो । अप्राकृतिक दलगत गठबन्धन गरी अप्राकृतिक चिन्हमा भोट हाल्नु र हाल्न लगाउन राष्ट्रको भावनाबिपरित हो । किन कि बिचार नमिली दल गठबन्धित हुदैन अनि दुई बिपरित बिचार दल र नेता मिल्दैमा कहिल्यै मिल्दैन । यति सामान्य ज्ञान नागरिकमा हुनु जरूरी छ । यस्ता त्रुटीहरू प्राय अन्तराष्ट्रियबादी र बिश्वबादी संरचनामा हुन्छन् ।
भोट केलाई हाल्नु भन्ने सन्दर्भ चाहि ठिक छ । किन कि जबावमा हामी कुनै गुण वा बिचारको परिकल्पना गर्छौ।यसले नागरिकलाई सही दिशातर्फ निर्देशित गर्छ । नागरिकलाई सचेत बनाउछ । नागरिकहरू बिचार र ब्याक्तित्वको पछि लाग्न थाल्छन् । परिवर्तन भईरहने अस्थिर दल र भ्रामिक नक्कली चिन्हको पछि लाग्न छोड्छन् ।
आज दक्षिण एसिया र अफ्रिकी मुलुकहरूमा अन्तराष्ट्रियबाद र बिश्वबादले अशान्त फैलाईरहेका छन् । राष्ट्रिय एकता खलबल्याई तहसनहस पारिरहेका छन् । यि दुईबादहरू गैरराष्ट्रबादी हुन् । यी बादका पछि लाग्नेहरू अधिकार र स्वतंत्रताको कुरा मात्र जान्दछन् । सहुलियत र उद्दारताको कुरा गरी श्रृंखला पनि प्रदंशन गर्छन् अनि अबिकसित मुलुकहरूका अर्धसचेतहरू लठ्ठै पर्छन् । यिनीहरूलाई देशको सार्वभौम सत्ता र पहिचानसित कुनै सरोकार हुदैन । यस्ताका हातमा यदि सत्ता पर्यो भने कहीं कसैकसैलै सहुलियत पाउलान तर देश रहदैन ।

सबै खाले साम्यबादी र समाजबादी अन्तराष्ट्रबादी हन् भने सबै अधिकारबादी,उद्दारबादी र केही पॅूजीबादीहरू बिश्वबादी हुन्छन् । यिनीहरूलाई हाम्रो सनातन् सभ्यता मसाउन बिश्व साम्राज्यबादीहरूले परिचालन गरेका छन् । तसर्थ देशको माया गर्ने राष्ट्रबादीहरूले सचेत हुन जरूरी छ । आज हाम्रो भूटानी समूदाय पनि अप्रत्यासितरूपमा सनातनबादी र बिश्वबादीमा बिभाजित भएको छ । तसर्थ कुनै धार्मिक वा सामाजिक संस्थामा संलग्न हुदा धेरै बिचार पुर्याउन जरूरी छ ।
साम्राज्यबादीहरूले पहिला देशभित्र भएका अन्तराष्ट्रबादीहरूलाई प्रयोग गरी परम्पारिक राष्ट्रबादी शक्तिलाई बिस्थापित गराउछन् ।अनि त्यसपछि देशभित्र भएका बिश्वबादी शक्तिलाई सबल गराई अन्तराष्ट्रबादीलाई बिस्थापित गराई बिश्वबादीहरूलाई स्थापित गराउछन् । नेपालमा ठ्याकै त्यै भईरहेको छ । भूटानमा त्यस्तै गराउन कोशिष गरे तर सकेनन् । सिक्किममा पूर्णरूपले सफल भए । भारतमा असफल भए। बेलायतमा असफल भए अनि जापानमा पनि सफल भएर असफल भए किन कि त्यहॅाको सेना र प्रहरी तठस्त र सचेत थिए ।
सेलिब्रेटीहरू आफ्नो कला क्षेत्रमा प्रखर होलान् तर बिश्व र राजनीति बारे सचेत हुदैनन् । सेलिब्रेटीलाई प्रयोग गरी देशै नियन्त्रणमा लिन साम्राज्यबादीलाई सजिलो हुन्छ । त्यसकारण साम्राज्यबादीहरूले प्रयोग गरेका प्राय सबै सेलीब्रेटी र कलाकारहरू अराष्ट्रबादी र बिश्वबादी हुन्छन् । यिनीहरूलाई भोट हालियो भने साम्राज्यबादले जित्छ देशले हार्छ । सबै बिश्वमा घटेका घटनाहरू हामीबिच छर्लंग छन् ।
सचेत मानिसले भोट दलको निम्ति होईन देशको निम्ति हाल्ने हो ।देश भनेको अभिभावक हो दल भनेको सन्तान हो । राष्ट्र भूगोल मात्र होईन। राष्ट्र धर्म संस्कृति परम्परा सभ्यता सबै हो । एउटा राष्ट्रले राष्ट्रबादीलाई भोट देऊ भन्छ । अन्तराष्ट्रबादी बिश्वबादीलाई भोट देऊ कहिल्यै भन्दैन । कुनै पनि दलको डी एन ए देशसित मिल्नु पर्छ । तर जर्मन चीन रूस भारतमा प्रतिपादित दर्शन मनोबिज्ञान बोक्नु भनेको अरूको DNA लिनु हो ।अरूको डि एन ए बोकेर राष्ट्रबादी भईदैन । राष्ट्रको डि एन ए बिपरित काम गर्नु राष्ट्रघात हो । अनि राष्ट्रघातीलाई भोट हाल्नु राष्ट्रघात हो ।
स्टण्टबादी भाषण गर्नेलाई पनि भोट हाल्नु हुन्न ।बोल्ने शैली राम्रो छ भन्दैमा अर्को पक्षलाई चोट पर्ने गरी बोल्ने लाई भोट दिनु हुन्न ।आफ्नो हैसियत वजन गरी बोल्नेलाइ भोट हाल्ने हो । जातिया क्षेत्रिया पृथक्ताबादी राजनीति गर्नेलाई भोट हाल्नु हु्न्न ॥ देश धर्म समूह आदि बिरूद्ध अभिब्याक्ति दिनेलाई पनि भोट हाल्नु हुन्न । असमान संधि सम्झौता गर्ने लाई पनि भोट दिनु हुन्न । यस्ता धेरै नकारात्मक गुण भएका जो कोहीलाई भोट दिनु हुदैन किन कि त्यो ब्याक्ति देशको निम्ति खत्रा हुन सक्छ ।
जहॅा कहींको हौं सबै नेपाली राष्ट्रबादी बनौं । सबैले ब्याक्तिगत स्वार्थबाट माथि उठौं । धन्यवाद !
लेखक गिरी अमेरिकाको मिसिगन निवासी हुन् ।




















