तस्बिरहरूः गुरू ढकाल / बुलेट खतिवडा 

इटहरीः भारतीय टेलिभिजन सो सारेगम लिटल च्याम्पका अन्तिम ३० प्रतिस्पर्धीमा छानिएका इटहरीका प्रीतम आचार्यलाई इटहरीमा भव्य स्वागत गरिएको छ । आइतबार भारतबाट गृहनगर इटहरी आएका प्रीतमलाई उपमहानगरपालिका परिसरमा भव्य स्वागत गरिएको हो ।

केही समयअघि मात्र नेपालकै मेनुका पौडेलले जी टिभीबाट प्रसारण हुने सिङ्गिङ रियालिटी शो ‘सारेगमप’मा आफ्नो कला देखाएर भारतीय कलाकारलाई चकित बनाएकी थिइन् । यस पटक पनि इटहरीका प्रीतम लिटल च्याम्पका अन्तिम ३० प्रतिस्पर्धीमा पर्न सफल भएका हुन् । उनलाई लिन आइतबार समर्थकहरू काकडभिट्टा नाका पुगेका थिए ।

इटहरी उपमहानगर परिसरमा आयोजित कार्यक्रममा स्वागत गर्दै इटहरीका मेयर द्वारिकलाल चौधरीले इटहरीको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्न सफल भएकामा खुशी व्यक्त गरेका थिए । ‘भारतको चर्चित टेलिभिजन जी टिभीबाट प्रशारण हुने रियालिटी शोमा नेपालको तर्फबाट इटहरीको प्रतिनिधित्व गर्दै सहभागिता जनाउनु गौरवको विषय हो’, चौधरीले भने, ‘आगामी दिनमा पनि प्रीतम बाबुले राम्रो गर्दै जाऊन् उपमहानगरको तर्फबाट शुभकामना छ ।’

इटहरीको विश्व आदर्श एकेडेमीमा कक्ष ६ मा अध्ययनरत आचार्य अनुशासित विद्यार्थी रहेको उनलाई लिन काकडभिट्टासम्म पुगेका एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरे बताउँछन् । उनका अनुसार मिहिनेती र मिलनसार विद्यार्थी आचार्यले देशको नाम चिनाउन सफल भएकोमा विद्यालय परिवार हर्षित छ । उनलाई सहुलियत दिएर अध्यापन गराइरहेको विद्यालयले उनको आगामी शैक्षिक यात्राको बारेमा पनि थप मद्दत गर्ने संंस्थाको योजना रहेको उनले बताए ।

‘सारेगमका निर्णायकहरूले प्रीतमलाई यो मञ्च तिम्रै लागि बनेको हो भनेका छन्’, घिमिरेले भने, ‘कमजोर आर्थिक अवस्थाको यो होनाहार कलाकारलाई सबैको खाँचो छ । उसलाई सङ्गीत दुनियाँमा सफल बनाउन सबै जना एक जुट हौं ।’

आइतबार उनलाई झापा र मोरङका विभिन्न स्थानमा भव्य स्वागत गरिएको थियो । गृहनगर इटहरीमा स्थानीय सरकारसहित सङ्गीतकर्मीले उनको स्वागतमा कार्यक्रम नै राखेका थिए ।

 

pritam aacharya pradeshportal (1) pritam aacharya pradeshportal (6) 3 pritam aacharya pradeshportal (7) 3 pritam aacharya pradeshportal (4) 50551790_344756409461886_3580164036479680512_n 50748135_372119100256385_7575725829380898816_n pritam aacharya pradeshportal (3) 8 pritam aacharya pradeshportal (1) 11 pritam aacharya pradeshportal (5) 8 pritam aacharya pradeshportal (4) 10 pritam aacharya pradeshportal (6) 9 pritam aacharya pradeshportal (7) 9