इनरुवाः सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा आइतबार धान र जुट(पटुवा) गोदाममा आगलागी हुँदा करिब १ करोड ३८ लाखको सामान क्षति भएको छ ।
स्थानीय त्रिलोचन यादवको धान र पटुवा गोदाममा आगलागी हुँदा एकतले पक्की भवनको गोदाममा राखेको ४ सय ५० क्वीन्टल धान र ५ हजार मन जुट (सनपाट) जलेको हो । त्यस्तै, गोदाममा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुहबी, इनरुवा र इटहरीबाट गएका वारुणयन्त्रण, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।