इटहरीः भारतीय टेलिभिजन जीटीभीबाट प्रशारण भइरहेको चर्चित रियालिटी सो सारेगम लिटिल च्याम्प्सको उत्कृष्ट १५ मा इटहरीका बालगायक प्रीतम आचार्य पुगेका छन् । यसअघि प्रतियोगिताको उत्कृष्ट ३० मा रहेका आचार्य उपाधितर्फ लम्किँदै उत्कृष्ट १५ मा पुगेका हुन् ।

प्रीतमले साढे ७ लाख प्रतिष्पर्धीलाई उछिन्दै उत्कृष्ट १५ सम्म पुगेका छन् । यता, उत्कृष्ट १५ पुग्नेबित्तिकै प्रतिक्रिया दिँदै इटहरीका मेयर द्वारिकलाल चौधरीले देशकै लागि गौरवको विषय भएको बताएका छन् ।

‘साढे ७ लाखका माझबाट टप फिप्टिनमा पुग्नु नै कठिन कुरा हो’, सङ्गीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसी भन्छन्, ‘प्रीतममा धेरै सम्भावना छ ऊ अझै माथि पुगेर इटहरी र देशको नाम राख्नेछ ।’

अब प्रत्येक चरणबाट १ जना मात्र प्रतिष्पर्धी हट्नेछन् । उत्कृष्ट ३० जनामा परेपछि प्रीतमको इटहरीमा नगरवासीको तर्फबाट सम्मान गरिएको थियो ।